www.tandavnews.com
Fact ~ In search of truth

‘शत्रु गते’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

पोखरा
ताण्डव संवाददाता ।

चैत ९ गतेदेखि प्रर्दशनमा आउने लागेको बहुप्रतिक्षित फिल्म ‘शत्रु गते’ को ट्रेलर रिलिज गरिएको छ । महजोडीद्धारा निर्माण फिल्मको ट्रेलरमा हाँस्यप्रधानलाई जोड दिइएको छ ।

शुक्रबार रिलिज गरिएको ट्रेलरलाई ओएसआर डिजिटलबाट युटुवमा सार्वजानिक गरिएको हो । दुई मिनेट ५२ सेकेन्डको ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु अटाएका छन् ।

Batas

यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य सहित प्रियंका कार्की, पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दिपाश्री निरौला, किरण केसी, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेल लगायतले अभिनय गरेका छन् ।

चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । कलाकार किरण केसी १६ वर्षपछि फिल्मलाई निर्माण गरेका हुन् । फिल्मका रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल पनि निर्माता हुन् ।

डिसेम्बर २९ मा सार्वजानिक गरिएको ‘रुपै मोहनी’ बोलको गीतले एक करोड १० लाख क्रस गरेको छ । गीतमा टंक बुढाथोकीले संगीत दिएका छन् भने लोकराज अधिकारीले गीत लेखेका हुन् । फिल्मको अर्को गीत ‘पिरतीको बर्को’ लाई पनि निकै रुचाइएको छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.