
पोखरा,
ताण्डव संवाददाता
होलीमा जथाभावी रंग खेल्ने, लोला हान्ने एक सय १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले होलीको नाममा विक्रिती ल्याउन खोज्नेलाई पक्राउ गरेको डिएसपी खड्कबहादुर खत्रीले बताए ।
उनले होलीको दिन स्कुटर र लाइसेन्स गरी ८१ वटा सवारीलाई नियन्त्रणमा लिएको बताए । ‘कतिले लाइसेन्स बिनानै चलाउने र तीन जनासम्म राखेर चलाएकोलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘होलीमा जथाभावी लोला हान्ने, अविर फाल्ने, मापसे गरेर सवारी चलाउनेलाई सार्वजानिक ऐन अनुसार कारवाही गरिनेछ ।’

होलीको दिन बिहानैदेखि चोकचोकमा मापसे चेक जाँच गर्ने र विभिन्न ठाउँमा सिभिल प्रहरीबाट सूचना लिने गरेको खत्रीले बताए । उनले अन्य ठाउँभन्दा लेकसाइड, जरेबर, सिर्जनाचोक, पृथ्वीचोक एरियामा बढी नियन्त्रणमा लिइएको बताए ।
होलीको दिन वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी रामबजार, वडा प्रहरी कार्यालय बगरले जथाभावी होली खेल्नेलाई पक्राउ गरेको हो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.