पोखरा
ताण्डव संवाददाता
पोखरामा शुक्रबार दिउसो प्याराग्लाइडिङ दुर्घटना भएको छ । खपौंदीमा भएको दुर्घटनामा प्यारा पाइलट राजबहादुर जिसी र एक जापानी पर्यटक घाइते भएका छन् ।
जापानी नागरिक समान्य उपचार पछि डिस्चार्ज भैसकेका छन् । जिसीको ढाडमा चोट लागेको छ । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.