पोखरा
रिङ रेष्लिङ एशोसियसन अफ नेपालको आयोजनामा सम्पन्न रिङ रेष्लिङमा सहभागी खेलाडी तथा निर्णायकहरुलाई शनिबार एक कार्यक्रमका बिच पदक तथा प्रमाणपत्र वितरण गरिएको छ ।
प्रतियोगितामा नेपाल, भारत, अमेरिका, रसियाका खेलाडीहरु सहभागिता रहेको थियो । पोखरामा सम्पन्न प्रतियोगितामा नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गरेका थिए भने अन्तर्राष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले सहभागिता जनाएका थिए ।
राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेको आधिकारिक संघले पोखरामा पहिलो पटक गरेको कार्यक्रमले धेरैले स¥हाना समेत गरेका छन । प्रतियोगितामा सहभागी दर्शकको मन जित्न सफल सो कार्यक्रमले नेपालमा रिङ रेष्लिङ खेलको व्यवसायिक रुपमा सुरुवात भएको उल्लेख समेत गरे ।
सहभागी खेलाडीलाई नेपाल प्रहरी गण पोखराका प्रहरी उपरिक्षक नल प्रसाल उपाध्यय, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, संघकी अध्यक्ष सुनिता थापा, संघकी महासचिव सुवर्ण श्रेष्ठ, खेलकुद पधकार मंच कास्कीका सदस्य सुरज श्रेष्ठले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा प्रहरी उपरिक्षक उपाध्यायले नेपालमा रिङ रेष्लिङमा सुरु भएको विकासको प्रशंसा गर्दै संघले आगामी दिनमा थप खेलाडीहरु उत्पादन गर्न सुझाव दिए ।
नेपालको रिङ रेष्लिङ खेलको विकासका लागि संघले काठमाडौमा एकेडेमी समेत स्थापना गरेर खेलाडीहरुलाई प्रशिक्षण दिंदै आएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।