पोखरा ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणधिन अवस्थामा रहेको चिडियाखानाको डिपिआर प्रदेश सरकारले बनाउने वताएका छन् । प्रदेश नम्बर चारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने गरी पाँच बर्ष भित्रमा चिडियाखाना सञ्चालनमा ल्याउनका लागी प्रदेश सरकारले तत्काल डिपिआर तयार गरी काम सुरु गर्ने समेत गुरुङले बताए ।
पोखरा–लेखनाथ ३१ को पचभैयामा रहेको प्रस्तावित पोखरा अन्तर्राष्ट्रिय चिडियाखानामा आयोजित विशेष सभालाई सम्बोधन गर्दै चार नम्बर प्रदेश प्रमुख गुरुङले पोखरामा निर्माण हुन लागेको चिडियाखानाको डिपिआर प्रदेश सरकारले तयार गरी पाँच वर्ष भित्रमा चिडियाखाना सञ्चालनमा ल्याइने वताए ।

गुरुङले चार नम्बर प्रदेशलाई नेपालकै नमुना प्रदेश बनाउन लागिरहेको सन्दर्भमा पोखरामा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना पनि सरकारको एजेण्डामा रहेको वताउँदै चिडियाखाना कस्तो बनाउने भन्ने बारेमा स्थानीय जनसमुदायसँग सहकार्य गरेर सरकार अगाडी वढ्ने वताए ।
२०७१ साल पुस २३ गते तत्कालिन क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाको पहमा चार नम्बर प्रदेशलाई योजनाबद्ध एकीकृत तथा ब्यवस्थित शहर बिकास गर्नका लागी गठित विभिन्न १२ समितीहरु मध्ये पोखराको लेखनाथमा चिडियाखाना निर्माण गर्ने निर्णय भएको थियो । सोही समयदेखि बेगनास र रुपातालको बीचमा पर्ने पचभैया क्षेत्रमा रहेको पचभैया, चायापानी चिसाकुना, चैनपुर सामुदायिक बन गरी १ सय ३४ हेक्टर जमिनमा २०७२ साउन १५ गते तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले शिलान्यास गरी चिडियाखाना निर्माणको काम सुरु भएको थियो ।
पोखरामा सामाजिक काम गर्ने उद्देश्यका साथ २०६७ सालमा स्थापित युनाइटेड क्लवको पहलमा चिडियाखाना निर्माणका लागी हाल सम्म ३५ लाख ८५ हजार रकम खर्च भइसकेको चिडियाखाना निर्माण समितीका अध्यक्ष हिमालय बख्रेलले वताए । बख्रेलका अनुसार निर्माणधिन चिडियाखाना भित्र चिडियाखानाको प्रारम्भिक चरणको काम सम्पन्न भइसहेको छ ।
हाल चिडियाखाना भित्र निर्माण सम्पन्न बन्यजन्तु उद्धार केन्द्रमा चार नम्बर प्रदेशमा पाइने मृग, निलगाइ, जंगली खरायो, हुचिल, अजिंगर लगायतका बन्यजन्तुहरु राखिएको समेत बख्रेलले वताए । उक्त स्थानमा विश्व प्राणी उद्यान संघको मापदण्ड अनुसारको अन्तर्राष्ट्रिय स्तरको पोखरा प्राणी उद्यान निर्माण गर्ने उद्देश्य रहेको बख्रेलले वताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व सदस्य सचिव जुद्धबहादुर गुरुङले पोखरामा निर्माण हुुने चिडियाखाना अन्तराष्ट्रिय स्तरको चिडियाखाना हुने वताउँदै लेखनाथको पचभैया पर्यटकका लागी उत्कृष्ट गन्तव्य हुने वताए ।
त्यसैगरी नेपाल उद्योग वणिज्य महासंघका पूर्व अध्यक्ष अनन्दराज मुल्मीले युनाइटेड क्लवको पहलमा पोखरामा नया पर्यटकीय गन्तव्य निर्माण हुन लागेको र यसले प्रदेश नम्बर चारको पर्यटनसँगै आर्थिक गतिविधीमा ठूलो भुमिका खेल्ने वताए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.