www.tandavnews.com
Fact ~ In search of truth

‘आँशु’ बेचेर ‘कान्छी’ प्रोमोसन गरियो भन्नेहरुका लागि श्वेताको प्रतिक्रिया

पोखरा
ताण्डव संवाददाता ।

फागुन ४ गते श्वेता खड्काको फिल्म कान्छी प्रदर्शनमा आयो । जनाइए अनुसार फिल्मको ब्यापार राम्रो छ। यस अर्थमा फिल्मले दर्शकको साथ पाइरहेको छ ।

फिल्म रिलिज भइरहँदा श्वेता दर्शकको मायाले केहि भावुक भइन् । उनि रोएका भिडियोहरु बाहिर आए ।

Batas

रोइरहेको दृश्यलाई लिएर दुई प्रकारका टिप्पणी बजारमा आए । एक, दर्शकको माया र श्री लाई मिस गरेरै उनको आँखाबाट आँशु खसे । दुई, फिल्म चलाउने काइदा ।यस्ता टिप्पणी बाहिरिदै गर्दा श्वेताले यसबारे आफ्नो प्रतिक्रिया दिएकी छिन्, फेसबुक मार्फत ।

उनले फेसबुकमा पोष्ट गरेको स्टाटस यस्तो छ :

‘हिजो मेरो सिउँदोको सिन्दुर पुछिदाँ म प्रति सहानुभुतिका अनेकन शब्दहरु प्रकट गर्ने मेरै फिल्म नगरीका धेरै सहकर्मीहरुको वास्तविक अनुहार ’कान्छी’ फिल्म पर्दामा उत्रने बित्तिकै उनिहरुको वास्तिविक अनुहार पनि छर्लङ्गै भएको छ । दर्शकहरुबाट कान्छीले तेश्रो सातामा पनि उकालो चढिरहंदा मैंले हिजोका दिनमा मप्रती सहानुभुतिका शब्द ब्यक्त गर्नेहरुको मलिन अनुहारलाई म यतिखेर पढिरहेकी छु । आँशु बेचेर फिल्मको प्रमोशन गरेको भनेर मलाई आरोप लगाउनेहरुप्रती दर्शकदिर्घाको आपार माया र साथले नराम्रै झट्का दिईरहेको महसुश गरेकी छु । मैंले यो फिल्म दर्शकदिर्घाको माया पाउन बनाएकी थिएँ, जुन मैले प्राप्त गरें । मलाई अझ पनि प्रश्न गरिन्छ कान्छिले कती कमायो ? भनेर । म यो प्रश्नकर्ताहरुलाई कान्छी हेर्ने दर्शकदिर्घा समक्ष यही प्रश्न तेर्स्याउन अनुरोध गर्न चाहन्छु र दर्शक दिर्घाको प्रतिकृयालाई जस्तोको त्यस्तै सम्प्रेशण गरिदिनुहुन समेत अनुरोध गर्न चाहन्छु । मैले कान्छीबाट के पाएँ, के कमाएँ र कती कमाएँ यस्को बिवरण दिईराख्नु पर्छ भन्ने मलाई लाग्दैन, किनकी सिनेजगत आफै बोल्छ अनी अहिलेको फिल्मी माहौल आफैले यस्को जवाफ दिईरहेकी छ । एकाध ब्यक्तिले कान्छी असफल भएको प्रचारप्रसार गर्ने प्रयास गरेको पनि यसै अवधिमा देखियो । कुनै पनि फिल्मको सफलता र असफलताको निर्णय गर्ने जिम्मा दर्शकको हो । हामिले त मात्र फिल्म बनाउने हो र दर्शकको पोल्टोमा सुम्पिने हो, त्यसपछिको निर्णय भनेको भगवान सरह दर्शकले गर्ने गर्दछन । अतः कान्छीले तेश्रो सातासम्म आईपुग्दा दर्शक दिर्घाबाट पाएको माया र साथ नै मेरो लागी सबै भन्दा ठुलो सफलता हो । अझ कान्छी प्रती को क्रेज उस्तै छ । देशमा मात्र होईन विदेशम पनि नेपाली जमातले कान्छीलाई हेर्न निक्कै उत्सुक भई रहेको अनगिन्ती प्रतिकृया प्राप्त गरिरहेकी छु । म मेरा दर्शकहरुप्रती आजको दिनसम्मको यो साथ, सुझाव र अपार मायाको लागी हार्दिक धन्यवाद दिन चाहन्छु । जस्ले कान्छी हेर्न छुटाउनु भएको छ, उहाँहरुलाई नजिक को हलमा गएर हेरी दिन अनुरोध समेत गर्न चाहन्छु । तपाइहरु हुनुहुन्छ र त हामी छौ । तपाईहरु बिना त हामी रित्तो र अपुरो । जय कान्छी !’

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.