पोखरा
ताण्डव संवाददाता
मुम्बई रहेर पनि नेपाली संगीतलाई उचो राख्न योगदान पु¥याएका रञ्जित गजमेर शनिबार पोखरामा अभिनन्दन गरिएको छ ।
कन्दरा ब्याण्ड र पोखरा लेखनाथ महानगरपालिकाको आयोजनामा ‘रञ्जित गजमेर अभिनन्दन तथा साँगीतिक कार्यक्रम’ को लागि उनलाई पोखरा डाकिएको थियो ।
पोखरा उद्योग वाणिज्यको सभाहलमा गजमेरले नेपाली बाजा र संस्कृतिको बारेमा बोले । उनले भारतीय फिल्ममा संगीत भरेर मादल पनि घन्काएका छन् । शनिबार पनि गजमेर कार्यक्रममा मादललाई इंकित गर्दै बजाउन र देखाउन लजाउन नहुने भन्दै मादल बजाउन समेत पछि परेनन् ।
नेपाली चलचित्रमा सयभन्दा बढी संगीत दिएका रञ्जित गजमेरको सम्मानको लागि कलाकारहरु विबेक श्रेष्ठ, बिनोद बानिया, रामभक्त जोजिजु, कर्णदास, रजनी रिदम राई, रुबि गौलि, अजुदा थापा ले उनले नै संगीत भरेका गीत गाएर सुनाए । कलाकारहरुले ‘यो मुटुलाई कसरी सम्झाई बुझाउँ, कुन मन्दिरमा जान्छौं यात्री, सुन कथा एउटा गीत, वीरताको चिनो’ लगायतका गीत प्रस्तुत गरेका थिए । गजमेर आफ्नै गीत श्रोता बनेर सुने ।
कार्यक्रममा रञ्जित गजमेरको एकल संगीतमा ‘कृति’ सार्वजनिक गरिएको थियो । उक्त एल्बममा गायक बिबेक श्रेष्ठ र गायिका स्वरुपा आशाको स्वर रहेको छ ।
तस्विर : युनिश गुरुङ
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।