www.tandavnews.com
Fact ~ In search of truth

पानीको मूल्यमा मनोमानी

पोखरा
ईश्वर देवकोटा/ताण्डव

नेपाल बोटल वाटर उद्योग संघले उपभोक्ताको ढाड सेकिने गरी पानीको मूल्यमा बृद्धि गरेको छ । साविक मूल्यलाई करिब दोब्बर मूल्य बनाएर बेच्दा पनि सम्बन्धित निकाय आँखा चिम्लिएर बसेको छ ।

बजारमा उपलब्ध मिनरल वाटरको मूल्य माघ मसान्त सम्म प्रति जारको ५० रुपैयाँमा विक्री वितरण भईरहेको थियो । सधैँ ५० रुपैयाँमा पानी पिइरहेका उपभोक्ताले फागुन १ गतेबाट प्रति जारमा २० रुपैयाँ बढेर ७० रुपैयाँ तिर्नुपर्दा अघोषित रुपमा विरोध जनाईरहे । यद्यपि, नेपाल बोटल वाटर संघको निर्णय भन्दै पानी कम्पनीले पानीको मूल्य बढाएर नै विक्री वितरण गरिरहे ।

Batas

खानेपानी जस्तो आधारभूत आवश्यकतालाई लत्याउँदै कुनैपनि आधार बिना आर्थिक वर्ष बीचमा ४० प्रतिशत मूल्य बृद्धि गरिएको भन्दै अखिल (क्रान्तिकारी) विद्यार्थी यूनियनले भत्र्सना गरेको छ । यूनियनका केन्द्रीय सचिव एवं ४ नम्बर प्रदेश संयोजक क्षितिज सापकोटाले विज्ञप्ती जारी गर्दै कडा आपत्ती जनाएका हुन् ।

machhapuchre
madi

‘यस्तो निन्दनीय कुकृत्यले समाजमा अझैपनि लुटेर छिटोभन्दा छिटो धनाड्य हुन खोज्ने मानिसहरुको कमि छैन भन्ने देखिन्छ । यस्ता घटिया हर्कतको विरुद्ध आम जनता, विद्यार्थी, पत्रकार, प्राध्यापक नबिउँझने हो भने यसको गति दिन दुईगुणा रात चौगुणा बढ्दै जानेछ’ विज्ञप्तीमा उल्लेख छ ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले नेपाल बोटल वाटर संघले पानीको मूल्य बिना आधार बढाएको बताए । ‘कुन ऐन नियमले पानीको मूल्य बढाउने अधिकार दिन्छ ?’ उनले भने, ‘कानुनलाई नै लत्याएर बिना आधार मूल्य बृद्धि गर्ने निकायलाई सजाय हुनुपर्छ ।’

नेपाल बोटल वाटर संघ कास्की अध्यक्ष यदुनाथ अधिकारीले पानीको मूल्य बृद्धि नगरी सबै पानी कम्पनीको विक्री मूल्य (एमआरपी) अनुसार समानान्तर गरिएको बताए । उनले भने ‘पहिले पनि जारको पानीमा एमआरपी ७० रुपैयाँ उल्लेख गरिएको थियो । हाल सो एमआरपीमै विक्री वितरण गर्न संस्था मार्फत निर्देशन गरिएको मात्र हो ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.