www.tandavnews.com
Fact ~ In search of truth

सुर्योदय बोर्डिङ स्कुलको ३५औं वार्षिकोत्सव

पोखरा
ताण्डव संवाददाता

पोखरा १६, दिप स्थित सुर्योदय बोडिङ स्कुलले स्थापनाको ३५ औं वर्ष पार गरेको छ । सो अवसरमा स्कुलले विविध कार्यक्रम गरी मनाएको हो ।

विद्यालयका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पोखरा लेखनाथ महानगरपालिका वडा–१६ का वडा अध्यक्ष जीवनप्रसाद आचार्यले गरेका थिए ।

Batas

आचार्यले नीजि विद्यालयले शैक्षिक क्षेत्रमा ठूलो योगदान पु¥याएको सूर्योदय बोडिङ स्कुलको प्रशंसा गरे । साथै, आगामी दिनहरुमापनि स्कुलले समाजमा शिक्षाको ज्योति फैलाउन सफल रहोस् भन्दै शुभकामना व्यक्त गरे ।

अभिभावकको तर्फबाट प्रतिनिधित्व गर्दै गजेन्द्र थापाले विद्यालयका शिक्षक र अभिभावकको सम्बन्धले मात्रै सिकाई प्रभावकारी हुने कुरा कार्यक्रममा राखेका थिए ।

विद्यालयका प्राचार्य रुक गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका भावि कार्ययोजना समेत प्रस्तुत गरे।

समारोहमा शैक्षिक सत्र २०७३ सालको शैक्षिक पुरस्कार वितरण गरिएको थियो । छात्रवृत्ति अक्षयकोषदाता पदम कुमारी गुरुङले कक्षा ५ माअध्ययनरत छात्रा जेन्देन घलेलाई गरिब तथा जेहेन्दार विद्यार्थी पुरस्कार स्वरुप नगद दशहजार पाँच रुपैयाँ हस्तान्तरण गरिन ।

कार्यक्रममा कक्षा नौ की छात्रा सोनाली पुन, कक्षा १० का छात्र उत्सव गुरुङ र भूपू विद्यार्थीबाट अभिल गुरुङले बोलेका थिए । समारोहमा सांस्कृतिक कार्यक्रमसँगै चित्रकला र विज्ञान प्रविधि प्रर्दशनी समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको संचालन विद्यालयका सह–प्राचार्य रामप्रसाद सुवेदी र विद्यार्थीहरु सरिष्मा घले, प्रशन्न गुरुङ, कमला गुरुङ, तारा गुरुङ, निसा गुरुङ र जेनिसा छन्त्यालले गरेको जानकारी विद्यालयका व्यवस्थापक राजेश गुरुङले जानकारी गराए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.