www.tandavnews.com
Fact ~ In search of truth

अज्ञानता र लाजको कारण पाठेघर खस्ने समस्या

पोखरा ।

महिलाहरुको अज्ञानता र लाजका कारण पाठेघर खस्ने समस्या बढेकोमा चिन्ता व्यक्त गरिएको छ ।

पोखरा–लेखनाथ महानगरपालिकाले सोमबार मातृ शिशु मितेरी अस्पतालमा आयोजना गरेको निशुल्क शल्यक्रिया शिविरमा महिलाहरुले पाठेघर (आङ) खस्ने समस्या लुकाउन नहुने सुझाइयो ।

Batas

पोखरा–लेखनाथ महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुमा जनचेतना आवश्यक रहेका बताइन् । उनले पाठेघर खस्ने समस्याबारे एक तिहाई महिलाले खुलेर भन्ने गरेपनि बाँकीले लुकाएर राख्ने प्रबृत्तिले रहेको औल्याईन् ।

कुल जनसंख्याको १० प्रतिशत महिला आङ खस्ने समस्याबाट पिडित रहेको बताउदै उनले त्यसको लागी जनचेतना फैलाउनुपर्नेमा जोड दिइन् । आङ खस्ने रोग विशेष गरि १६ देखि ८० वर्ष उमेरका विवाहित महिलामा हुने समस्या रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले महिलामा आङ खस्ने समस्या प्रमुख चुनौती बनेको बताए । उनले अनुसार ग्रामीण भेगका कृषि क्षेत्र र बढि काम गर्ने महिलामा आङ खस्ने समस्या देखिएको छ ।

मातृ शिशु मितेरी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. प्रेमराज पंगेनीले महिलाको आङ खस्ने समस्याका लागि राज्यले ठूलो लगानी गरेको औल्याए । तिन दिने शिविरमा आउने महिलाको लागि निशुल्क शल्यक्रिया गरिने जनाइएको छ ।

सोमबार १० जनाको लक्ष्य राखिएकोमा सात जनाको शल्यक्रियाका लागि नाम टिपाएको महानगर नर्सिङ अधिकृत कविता पौडेलले जानकारी दिइन् । शल्यक्रिया गर्न सरकारले १३ रुपैयाँका दरले तोकेको भएपनि निजि अस्पतालमा दोब्बर खर्च हुने भएकाले पनि महिलाहरु समस्या लुकाउन बाध्य भएको बताइन्छ ।

सोमबार, मंगलबार र बुधबार हुने शिविरको उद्घाटन कार्यक्रम मातृशिशु मितेरी अस्पताल सञ्चालक समितिका अध्यक्ष शालिकराम भटराईको अध्यक्षतामा भएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.