www.tandavnews.com
Fact ~ In search of truth

पीएनसी अल्मनाइको पृथ्वीनारायण क्याम्पसमा रक्तदान कार्यक्रम

पोखरा
ताण्डव न्यूज 

पृथ्वीनारायण क्याम्पसको प्राङ्गणमा पीएनसी अल्मनाइ समूहले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमबाट ८८ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमको प्रमुख आथित्य गर्दै क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाले रक्तदान कार्यक्रमले अस्पतालमा भईरहेको रगतको अभावलाई केही मात्रामा भए पनि न्युनिकरण हुने बताए ।

Batas

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वडा नं. १ का अध्यक्ष कृष्णप्रसाद अधिकारी, क्याम्पस सहायक प्रमुख, विभागिय प्रमुख, प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

पृथ्वीनारायण क्याम्पसकाे स्थापना काल देखि अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुले विगत दुई महिना पहिले पीएनसी अल्मनाइ समूह गठन गरेका थिए ।

समूहले क्याम्पसमा आगामि दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको अध्यक्ष विनोदप्रसाद पराजुलीले बताए । उमेश सारु थापाको संयोजकत्वमा सम्पन्न कार्यक्रमको संचालन अन्जनी गुरुङले गरेकी थिइन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.