www.tandavnews.com
Fact ~ In search of truth

पोखरा थिएटरमा ‘मान्द्रागोरा सर्कस’ देखाइने

पोखरा।

अर्जेन्टिनाको नाटक मान्द्रागोरा सर्कस पोखरामा मञ्चन हुने भएको छ ।

फागुन २६ गते शनिबार साँझ ५ बजे पहिलो सो तथा २७ गते आइतबार दिउँसो १ बजे दोस्रो सो हुनेछ । पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने गरिनेछ ।

Batas

विना डाइलग, हाउभाउ, म्युजिक, लाइट र मुम्मेन्टबाट नाटक मञ्चन गरिनेछ । अर्जेन्टिनाका कलाकार मारियाना सिल्भा र जुन क्रिउज वार्कामोन्टको अभिनय नाटकमा रहनेछ ।

टेक्निसियन आन्द्रे डाइजले नाटकलाई उत्कृष्ट बनाउन प्राविधिक ज्ञान देखाउनेछन् । नाटक सबै उमेर समुहकाले हेर्न सक्नेछन् । नाटक मञ्चन सँगै अर्जेन्टिनाको कलाकारको सहजीकरणमा नाट्य क्षेत्रको बारेमा कार्यशाला समेत हुने पोखरा थिएटरका अध्यक्ष परीवर्तन कार्कीले जानकारी दिए ।

अर्जेन्टिनाको मान्द्रागोरा सर्को कम्पनीले तयार पारेको यो नाटक हेरेर पोखरेली नाट्यप्रेमीले नाटकको नयाँपनको पाउने कार्कीको दाबी छ । ५५ मिनेटको नाटक हेर्न विद्यार्थीको लागि एक सय र सर्वसाधरणका लागि दुई सयको टिकट लाग्नेछ ।

नाटक फागुन २९ गतेबाट काठमाडौका विभिन्न थिएटरमा मञ्चन हुनेछ । पोखरा थिएटरमा आगामी चैत्र ८ र ९ गते थाङ्ला तथा चैत्र १० र ११ गते एन्टिगोनी नाटक मञ्चन हुनेछ ।

साथै विश्व रंगमञ्च दिवसको अवसर पारेर चैत्र १३ देखि १५ गतेसम्म तीन दिने नाटक महोत्सवको आयोजना समेत पोखरा थिटरमा हुँदैछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.