www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा घरेलु हिंसा : १९१ उजुरीमा ९६ मिलापत्र

पोखरा
सन्तोष सुवेदी(ताण्डव न्यूज) 

गएको साउनदेखि माघसम्म जिल्ला प्रहरी कार्यालय कास्कीमा घरेलु हिंसाका १ सय ९१ उजुरी परे । तीमध्ये अधिकांश उजुरीमा महिलालाई श्रीमानबाट कुटपिट, शारिरिक यातना लगायतका हिंसा भएको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय कास्की महिला सेल प्रमुख तथा इन्स्पेक्टर चन्द्रा गुरुङका अनुसार अहिलेसम्म उजुरीमा ९६ जनालाई मिलापत्र गरिएको छ । ‘श्रीमानले खान लाउन नदिने, मापसे गरी मानसिक दिने भन्दै उजुरी दिन आउँछन्,’ उनले भनिन, ‘श्रीमान–श्रीमतीले एकअर्का माथि शंका उपशंकाबाट घरपरिवारमा अशान्ति मच्चाउने गरेको पाइन्छ ।’परिवारका सदस्यहरुबाट अपमानजनक व्यवहार हुने, गाली गलौज, कुटपिट गर्ने, घर परिवारको अनुशासनमा नरहि उच्छृंखल क्रियाकलापमा हिडेको भन्दै कार्यालयमा उजुरी आउने गरेको उल्लेख छ ।

Batas

आव २०७२÷०७३ मा २ सय ७६ र २०७३÷०७४ मा २ सय ६२ महिला घरेलु हिंसाका उजुरी परे । कास्की प्रहरी कार्यालमा महिला–महिला बीच झैझगडाको उजुरी पनि प्रशस्तै भेटिए । यो आर्थिक वर्षमा १ सय १२ उजुरी महिला झै झगडा सम्बन्धी परेको गुरुङले जानकारी दिइन् । ‘एक–अर्काको परिवारजनलाई अपमानजनक व्यवहार गरेको उजुरी आउँछ,’ उनले भनिन, ‘फोनबाट जथाभावी बोली एक अर्काको चरित्रहत्या गर्ने खालका पनि उजुरीमा पर्छन् ।’

२०७२÷०७३ मा १ सय ५७ उजुरी परेकोमा १ सय २० लाई मिलापत्र गरिएको थियो । २०७३÷०७४ मा १ सय ४५ परेको उजुरीमा १ सय २४ लाई मिलापत्र गरि पठाइएको उल्लेख छ । यो वर्षको माघसम्ममा ८२ जनालाई मिलापत्र गरि पठाइएको गुरुङे बताइन् ।

महिलासँगै सम्बन्धित उजुरीकै प्रसङगमा गुरुङले महिला तथा बालिकाहरु पनि हराउने गरेको जानकारी दिइन् । गएको साउनदेखि माघसम्म एक महिला, २ बालिका र ४ बालकलाई उद्धार गरिएको उनले बताइन् । ‘बालश्रममा तथा यौनशोषणमा परेका वालवालिकाहरुलाई विभिन्न संघ संस्थाहरुको सहयोगमा उद्दार गरि अभिभावकको जिम्मा लगाइने गरिएको छ,’ उनले भनिन, ‘कतैको त अभिभावक नै फेला पर्दैनन् । त्यस्तो अवस्थामा विभिन्न संघसंस्थाहरुमा पठाइने गरेका छौं ।’

यौनशोषणमा परेका बालबालिकाहरुको स्वास्थ्य उपचार गरी दोषीलाई कारवाहीको लागि अपराध अनुसन्धान शाखामा पठाइने गरेको उनले बताइन् ।

माघ मसान्तसम्म एक सय २ महिला हराएका मध्ये ७८ जना फेला परे । आव २०७२÷०७३ मा १ सय ८० महिला हराएकोमध्ये १ सय ६० जना फेला परे । आव २०७३÷०७४ मा १ सय ९२ महिला हराएकोमा १ सय ६३ जना महिला फेला परे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.