तुलसीपुर, दाङ(रासस)
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायातको सहज व्यवस्थापनका लागि यातायात प्राधिकरण गठनको माग गर्नुभएको छ ।
राप्ती सार्वजनिक यातायात समिति दाङको शुक्रबार तुलसीपुरमा भएको १७ औँ अधिवेशनको उद्घाटनका क्रममा उहाँले २०४९ सालमा ल्याएको सवारी ऐन परिवर्तन नहुँदा आफूहरुलाई समस्या परेको बताउँदै पछिल्लो समयमा सरकारले एकाधिकार तोड्ने बहानामा विभिन्न प्रालिका नाममा पुराना सवारीसाधनलाई डेण्टिङ पेन्टिङ गरी नयाँ देखाउँदै यात्रुलाई झुक्याउने कम्पनीलाई प्रोत्साहन दिएको आरोप लगाउनुभयो ।
महासंघका महासचिव सरोज सिटौलाले पुराना गाडी विस्थापन गरी नयाँ र उपभोक्तामैत्री यात्रुवाहक बस ल्याउन ल्याइएको जानकारी दिनुभयो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।