www.tandavnews.com
Fact ~ In search of truth

कास्की जिल्ला बास्केटबल संघको अध्यक्षमा धोज कुमार गुरुङ

पोखरा ।

कास्की जिल्ला बास्केटबल संघको शनिबार पोखरामा सम्पन्न चौथो अधिबेशनले आगामी चार वर्षको लागि धोज कुमार गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

निर्विरोध निर्वाचित हुने संघको पदाधिकारी तथा सदस्यहरुमा प्रथम उपाध्यक्षमा शुरेस गुरुङ, द्वितिय उपाध्यक्षमा झक बहादुर पुन, सचिवमा कृष्ण गुरुङ, सहसचिबमा प्रदिप रसाइली, कोषाध्यक्षमा जमान सिंह दुरा, सह कोषाध्यक्षमा शिब पुन रहेका छन ।

Batas

त्यस्तै कार्यसमितीको सदस्यमा गणेश सेन्चुरी, रोजी गुरुङ, भरत बिक्रम बाँनिया र अर्जुन परियार रहेका छन । निर्वाचित पदाधिकारीलाई बधाइ दिंदै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा छिट्टै सुविधा सम्पन्न बास्केटबल कोर्ट निर्माण गरिने बताए । उनले पोखरामा कास्कीमा गतिशिल खेलकुद संस्थामा रहेको बास्केटबल खेलको बिकासका लागि हर सम्भब सहयोग गरिने बताए ।

संघका निर्वतमान अध्यक्ष नेत्र बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा टाइगर ग्रुप पोखरा नेपालका अध्यक्ष एवम पोखरा लेखनाथ महानगर पालिकाका कानुनी अधिकृत नारायण प्रसाद शर्माले नव निर्वाचित प्रदेश सांसद दिपक कोइराला लगाएत खेलकुद र सामाजिक कार्यमा सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरेका थिए ।

सो अवसरमा प्रदेश ४ सांसद दिपक कोइराला, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, संघका नव निर्वाचित अध्यक्ष धोज कुमार गुरुङ, कास्की जिल्ला खेलकुद विकास समिती कार्यालय प्रमुख प्रकाश बराल लगाएतले मन्तव्य राखेका थिए ।

कास्कीमा २०५९ सालमा कास्की जिल्ला बास्केटबल संघ गठन भएको हो । युवा पुस्तामा लोकप्रिय बास्केटबल खेलको बिकासका लागि संघले छिट्टै नै क्यालेण्डर प्रकाशित गर्ने र योजनावद्ध ढङ्गले अगाडी बढ्ने नवनिर्वाचित अध्यक्ष गुरुङले बताएका छन ।

पोखरा रंगशालाको बास्केटबल कोर्टलाई सुविधा सम्पन्न कोर्टको रुपमा निर्माण अघि बढाउने सोच रहेको बताउँदै उनले नयाँ खेलाडीको उत्पादन, प्रशिक्षण र समय तालिका अनुसार विभिन्न प्रतियोगिताका कार्यक्रमहरु संचालन गर्ने प्रविद्धता व्यक्त गरेका छन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.