www.tandavnews.com
Fact ~ In search of truth

तीन पुस्ते फिल्म ‘शत्रु गते’

पोखरा
ताण्डव न्यूज ।

१७ वर्ष पछि फिल्म निर्माणमा हात हालेका कलाकार किरण केसीले ‘शत्रु गते’ फिल्म पारिवारिक भएको बताएका छन् । चैत ९ गतेदेखि देशभरका हलमा प्रदर्शन आउन लागेको फिल्मको बारेमा देशदौडाहामा निस्केको टोली शनिबार पोखरा आएको थियो ।

पोखरेली पत्रकार माझ केसीले फिल्ममा तीन पुस्तालाई समेटिएको बताए । ‘हाम्रो फिल्ममा नयाँ कलाकारदेखि पुराना कलाकारलाई समेटेका छौं,’ उनले भने, ‘लामो समय फिल्ममा अनुभवी कलाकारको अभिनय रहेको हुँदा सफल हुने अपेक्षा छ ।’ फिल्मको विषयवस्तुलाई नौ महिना लगाएर फाइनल गरेको उनले सुनाए । फिल्ममा समावेश दुई गीतको सफलता नै दर्शकको माया पाउने अपेक्षा भएको उनले बताए ।

Batas

कलाकार शिवहरी पौडेलले पहाड र तराईबीचको सम्बन्ध फिल्ममा देखाउने खोजेको बताए । तराई क्षेत्रको सिनमा अटाएका कलाकार राजाराम पौडेलले रमाइलो र उत्तीकै गाह्रो भएको अनुभव सुनाए । फिल्म हाँस्यमात्र नभई सन्देशमूलक पनि रहेको अभिनेत्री दिपाश्री निरौंलाले बताइन् ।

प्रदीप भट्टराईले निर्देशन गरेको फिल्ममा चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंशआचार्यसहितप्रियंकाकार्की, पलशाह, आँचलशर्मा, दीपकराजगिरी, दिपाश्री निरौला, किरण केसी, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेल लगायतले अभिनय गरेका छन् ।

फिल्मका रमिलाआचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल पनि निर्माता हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.