www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश चार : विधायन समितिमा सदस्य चयन

पोखरा(रासस)

प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले विधायन समितिमा सदस्य चयन गरेको छ ।

बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा नियमावली २०७४ को नियम १४८ बमोजिम प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित बनाउन सो समितिमा मोहनप्रसाद रेग्मी, विष्णुप्रसाद लामिछाने, आशा कोइराला, टेकबहादुर घर्ती मगर र धनमाया लामाको नाम प्रस्ताव गर्नुभएकामा सर्वसम्मत अनुमोदन गरिएको थियो ।

Batas

बैठकमा मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक सभासमक्ष प्रस्तुत गर्नुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.