www.tandavnews.com
Fact ~ In search of truth

आफू जाने देशको बारेमा पर्याप्त जानकारी लिऊँ: क्षेत्री

मानवशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पोखरा–१६, दिपका देव क्षेत्री मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि पोखरा शाखाको म्यानेजिङ डाइरेक्टर हुन् ।

मनोविज्ञानमा बङ्लगादेशबाट स्नातक समेत गरेका क्षेत्री अहिले शैक्षिक परामर्शमा व्यस्त छन् । सन् २००७ मा अष्ट्रेलियाको ब्रिजबेन र काठमाडौँबाट एक साथ सेवाविस्तार गरेको मेट्सले अष्ट्रेलिया र न्यूजिल्याण्ड अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ ।

कन्सल्टेन्सीको भिडमा विद्यार्थीहरुबीच अब्बल बन्दै गैरहेको मेट्सको अष्ट्रेलियामा मुख्य कार्यालय सहित तिन वटा शाखा र नेपालमा पोखरा गरी ६ विभिन्न सहरको शाखा कार्यालयबाट सेवा दिँदै आइरहेको छ ।

Batas

विदेशमा उच्च शिक्षाको अवस्था र अवसर लगायतका विषयमा ताण्डव साप्ताहिकका ईश्वर देवकोटासँग गरिएको कुराकानी:

यहाँको कन्सल्टेन्सीले कस्तो सेवा उपलब्ध गराउँछ ?
अष्ट्रेलिया र न्यूजिल्याण्डमा उच्च शिक्षा अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिँदै आएका छौं । साथै आइएलटीएस, पिटीई, जिआरई र टोफेल भाषाका तयारी कक्षा सञ्चालन भइरहेका छन् । त्यससँगै अष्ट्रेलिया र न्यूजिल्याण्डका लागि माइग्रेसन एजेन्टको रुपमा पनि काम गरेका छौं ।

कुन–कुन विश्वविद्यालयसँग समन्वय गरेर काम गरिरहनु भएको छ ?
अष्ट्रेलिया र न्यूजिल्याण्डमा अवस्थित यूएसक्यू, यूक्यू, सीक्यू, यूटास, एससीयू, यूर्निभसिटी अफ सन्साइन कोस्ट लगायत १५ वटा ख्याति प्राप्त विश्वविद्यालय र अन्य विभिन्न कलेजहरुसँगको सहकार्यमा काम गरिरहेका छौं ।

विद्यार्थीका लागि कस्ता शैक्षिक प्योकज छन् ?
नर्सिङ, एकाउन्टिङ, आइटी, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सोसीयल वर्कका विषयहरुमा डिप्लोमा, एड्भान्स डिप्लोमा, ब्याचर्लस र मास्टर डिग्रीका प्रोग्रामहरुमा हामीले विद्यार्थीहरुलाई अफर गर्ने गरेका छौं ।

तपाईहरुले प्रदान गर्ने सेवामा अष्ट्रेलिया र न्यूजिल्याण्ड नै किन ?
अष्ट्रेलिया र न्यूजिल्याण्डमा विश्वको उत्कृष्ट १० मध्येका विश्वविद्यालयहरुमा विद्यार्थीले अध्ययन गर्न पाउने अवसर प्राप्त हुन्छ । अष्ट्रेलिया र न्यूजिल्याण्डमा अध्ययनगरि प्राप्त गरेका डिग्रीले विश्वव्यापी मान्यता पाउने कारणले गर्दा अष्ट्रेलिया र न्यूजिल्याण्डमा विशेषतः पछिल्लो समय आर्कषण बढेको छ । त्यसकारण पनि विश्वकै तेस्रो उत्कृष्ट शैक्षिक गन्तव्य अष्ट्रेलिया र न्यूजिल्याण्ड रहेका छन् । नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय विश्वविद्यालयमा अध्ययन गर्न पाऊन् भन्ने हाम्रो अर्गनाईजेसनको उद्देश्य हो ।

यहाँको कन्सल्टेन्सिमा नै विद्यार्थी किन आउने ?
हाम्रो कन्सल्टेन्सीमा अनुभवी काउन्सिलरहरुद्वारा परामर्श दिँदै आएका छौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा लामो समय अध्ययन गरी आएका अनुभवी व्यवस्थापकहरुद्वारा भिसा प्रोसेसिङ्गको सेवाउपलब्ध गराउँदै आएका छौं ।
यस मेट्स इन्टरनेसनल एजुकेशन एण्ड भिसा सर्भिसेसको स्थापना कालदेखि हालसम्म दश हजार भन्दा बढी विद्यार्थीलाई अष्ट्रेलिया र न्यूजिल्याण्डका उत्कृष्ट विश्वविद्यालयहरुमा पठाइसकेको अनुभव छ । यसकारण पनि मेट्स नै विद्यार्थीको राम्रो रोजाई हुन सक्नेछ ।

विदेश जान चाहने विद्यार्थीलाई सुझाव ?
यदि कोही विद्यार्थी वैदेशिक शिक्षाको निम्त्ति जाने तयारी गर्नु भएको छ भने निम्न कुरामा ध्यान दिनुपर्दछ । आफू जानचाहेको ठाउँको बारेमा पर्याप्त जानकारी लिने । छनौट गरेको विश्वविद्यालय वा कलेज सम्बन्धी विस्तृत सूचना लिने । भिसा प्रोसेसिङ्ग गर्न लागेको कन्सल्टेन्सीको बारेमा पनि पर्याप्त जानकारी राख्ने ।
साथै, विद्यार्थीहरु विदेश पढ्न जानुहुन्छ र उतै पलायन हुने सङ्ख्यामा बृद्धि आएको छ । अध्ययन गरेको विषयमा पूर्णः सफलता प्राप्त गरिसकेपछि नेपालमै फर्किएर प्राप्त गरेको ज्ञानलाई उपयोग गर्न सुझाव दिन्छु ।

सफलताको लागि के चाहिन्छ ?
दृढता पूर्वक इमानदारी भएर काम गर्ने । संघर्ष आफ्ना लागि गर्ने अरुका लागि होइन । सकारात्मक सोचका साथ अघि बढेमा निश्चय पनि सफल भइन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.