www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी : बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु

म्याग्दी(रासस)

म्याग्दीको बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरमा गएराति भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शख्त घाइते भएका चालक रकबहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Batas

मालिका गाउँपालिका–४ घर भएका करिब २८ वर्षका सुनारको शव परीक्षणको लागि बेनी अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको उक्त बोलेरो जिप सडकबाट करिब १५ मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.