www.tandavnews.com
Fact ~ In search of truth

एमाले टुङ्ग्यायो मन्त्री : कास्कीबाट रविन्द्र र जगत विश्वकर्मा (मन्त्रालयको नाम सहित)

काठमाडौं ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको छलफलबाट मन्त्रीहरुको नाम टुङ्ग्याएका छन् । एमालेले ६ मन्त्री र एक राज्य मन्त्रीको नाम टुंगो लगाएको हो ।

केपी शर्मा ओलीको सरकारमा सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् । पार्टी सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द्र अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Batas

रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् भने शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री बन्नेछन् ।

काभ्रे २ बाट चुनाव जितेका गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् ।

यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी पाएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्रीहरुको सपथ आजै अपराहृन ४ बजे हुने जनाईएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.