www.tandavnews.com
Fact ~ In search of truth

दोश्रो अभियान भलिबलको उपाधि कालिका गणलाई

पोखरा,
ताण्डव न्यूज

अभियान युवा क्लबद्वारा आयोजित दोश्रो अभियान पुरुष भलिबल प्रतियोगिता २०७४ को उपाधि सशस्त्र प्रहरी बल कालिका गण ए ले जितेको छ ।

शनिबार भएको फाईनल खेलमा कालिका गणले पोखरा भलिबल ट्रेनिङ सेन्टर नदिपुरलाई २५–१७, २६–२४ र २५–१९ अंकको सोझो सेटले पराजित गर्दै उपाधि जितेको हो ।

Batas

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोश्रो हुने टिमले नगद ३० हजारको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै प्रतियोगिताको अनुशासित टिमको उपाधि प्रगतिशिल युवा क्लब सिन्धुलीले पाएको छ ।

प्रतियोगितामा बेस्ट स्पाईकर पोखरा भलिबल ट्रेनिङ सेन्टरका रुपेन्द्र नेपाली, बेस्ट सरभर कालिका गणका कृष्ण चौधरी, बेस्ट लिफटर कालिका गणका नुरबहादुर राना, बेस्ट डिफेन्स कालिका गणकै मदन गुरुङ, बेस्ट ब्लकरको उपाधि पोखरा भलिबल ट्रेनिङ सेन्टरका सुनिल घमालले पाए ।

बेस्ट प्लेएरको उपाधि कालिका गणका कुलबहादुर कार्कीले पाएका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हाड जोर्नी नशा रोग विशेषज्ञ तथा मेट्रो सिटी हस्पिटल प्रालिका प्रमुख डा. भरत खत्रीले जीवनमा खेल अपरिहार्य रहेको बताउँदै खेलले पोखरालाई चिनाउन सकिने बताए ।

सशस्त्र प्रहरी बल कालिका गणका गणपति भिमबहादुर थापा, वडा प्रहरी कार्यालय बैदामका प्रनाउ नविन कार्की, वडा कार्यालय ५ का वडा अध्यक्ष धनबहादुर नेपाली, कालिका गणका प्रनाउ गौतमराज कुँवर, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, भुपु सैनिक परोपकार समिति कास्कीका अध्यक्ष रुद्रबहादुर थापा, मालेपाटन युनाईटेड क्लबका अध्यक्ष प्रेम गुरुङ, धर्मस्थली आधारभुत विद्यालयका प्राचार्य केदारनाथ बराल, राजनैतिक दलका प्रतिनिधिलगाएतको उपस्थिति रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.