
पोखरा ।
उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्धेश्यले यही चैत्र १७ गते पोखरामा फुटवल, क्रिकेट र टेबल टेनिस खेलको लेबल प्रशिक्षण हुने भएको छ ।
बिद्यालयस्तरबाटै खेलाडीहरुको प्रतिभा पहिचान गरी नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यले ८ बर्ष देखि १६ बर्षसम्म उमेर समूहका बिद्यार्थीहरुको लागि लेबल प्रशिक्षण हुने भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, प्रशिक्षण विभागका निर्देशक बिद्या मस्र्यानीले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद अन्र्तगत नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानको तत्वावधानमा उक्त प्रशिक्षण हुने भएको हो भने यसको लागि सहभागि हुने ईच्छुक खेलाडीहरुले चैत्र १६ गते भित्र क्षेत्रीय खेलकुद विकास समितिमा सम्पर्क गर्नुपर्ने निर्देशक मस्र्यानीले बताए ।
फुटवलको छात्र÷छात्रा लेबल वानमा ८ देखि १२ बर्ष उमेर समूहका, फुटवलको छात्र÷छात्रा लेबल टु मा १० देखि १४ बर्ष उमेर समूहका, फुटवलको छात्र÷छात्रा लेबल थ्रि मा १२ देखि १६ बर्ष उमेर समूहका, क्रिकेट छात्र÷छात्रा लेबल वानमा ८ देखि १२, लेबल टुमा १० देखि १४ र लेबल थ्रि मा १२ देखि १६ बर्ष उमेर समूहका खेलाडीहरु सहभागि हुन पाउने भएको उनले बताए ।
त्यसै गरी टेबल टेनिस छात्र÷छात्राको लेबल वानमा ८ देखि १२ बर्ष समूहका खेलाडीहरु सहभागि हुन पाउने भएको मस्र्यानीले जानकारी दिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.