www.tandavnews.com
Fact ~ In search of truth

‘टेस्ट अफ हार्मोनी’ मा मौलिक गीत घन्किने

पोखरा,
ताण्डव न्यूज ।

हार्मोनी द मोर्डन सङस्ट्रेसेस अफ पोखराले ‘टेस्ट अफ हार्मोनी’ कार्यक्रम गर्ने भएको छ । हार्मोनीले यही चैत १० गते पोखरा सभागृहमा दिउँसो १ बजे कार्यक्रम गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

कार्यक्रममा पुराना मौलिक गीतहरुलाई प्रस्तुत गरिने हार्मोनी द मोर्डन सङस्ट्रेसेस अफ पोखरा अध्यक्ष इतु जोजिजुले बताइन् । यसपटक अध्यक्ष जोजिजुसँगै कौशल्या गुरुङ, बबि सुनार, अजुदा थापा, रुबी लामा, रितु लामा र मुस्कान रानाभाटले पुराना तथा नयाँ गीतहरु प्रस्तुत गर्नेछन् । उक्त कार्यक्रममा शान्ती ढकाल, हरिदेवी कोइराला र उषा शेरचनलाई सम्मान गरिने जोजिजुले जानकारी दिइन् । गत वर्ष मिरा राणा, ज्ञानु राणा र बाबा राणालाई सम्मान गरिएको थियो ।

Batas

टेस्ट अफ हार्मोनीले क्रियशिल गायिकलाई मञ्च प्रदान गर्नुका अलावा गायिकाहरु बीचको व्यावसायिक तथा साँगठनिक एकतलाई थप मजबुत बनाउनु मुख्य उद्देश्य रहेको उनले जानकारी दिइन् । कार्यक्रमबाट बचेको रकम कम अवसर पाएका महिलाहरुका लागि खर्च गरिने जोजिजुले बताइन् ।

द मुग्लान रेष्टुरेन्ट एन्ड बारको मुख्य प्रायोजनमा हुने लागेको कार्यक्रममा झन्डै पाँच लाख खर्च हुने हार्मोनी कोषाध्यष कौशिल्या गुरुङले जानकारी दिइन् । उनका अनुसार स्टेज तयारीमै मात्र साढे दुई लाख खर्च हुनेछ ।

कार्यक्रम हेर्नको लागि पाँच सय देखि एक हजार सम्मको टिकट काट्नुपर्ने व्यवस्था छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.