www.tandavnews.com
Fact ~ In search of truth

बल खेल्दाखेल्दै युवती गार्डेनमा ढलेपछि…

पोखरा,
सन्तोष सुवेदी ।

घर वरपर हरियाली बोटविरुवा । दुवो उमारेको गार्डेन । एक युवती, एक युवक बल खेलिरहेका थिए । युवतीले खुट्टाले बल प्रहार गर्दै युवकलाई दिन्छिन् भने युवकले हातले फल फ्याक्छन् ।

दृश्य हेर्दा लाग्थ्यो, ति युवकले युवतीलाई फुटबल सिकाइरहेका छन् । केही समय उनीहरु त्यसै गरी बल खेलिरहेँ । एक्कासी, युवती गार्डेनमा ढलिन् । युवक नतमस्तक बने । अव के गर्ने, सायद यस्तै सोचे युवकले । यत्तिकैमा घरको एक कुनाबाट चर्को आवाज आयो, ‘कट’ ।

Batas

गार्डेनमा युवक बनेका बल खेलेका थिए नायक सलोन बस्नेत भने युवती थिइन् नायिका सारा सिर्पाली । फिल्म ‘सुश्री सम्पत्ती’ को एक दृश्यको लागि उनीहरु बल खेलिरहेका थिए । बल खेल्नको लागि सिकाइरहेका थिए निर्देशक सुब्रत आचार्यले । ‘बाबुको माया पाउनको लागि छोरीले गरेको नाटक होे,’ उनले उक्त दृश्यको छोटो अंश खुलाए ।

फिल्मको उक्त दृश्य पोखरा चाउथेको एकघरमा भइरहेको थियो । ‘यो लगभग अन्तिम अन्तिम दृश्य हो,’ उनले भने, ‘अब पोखरामा १० दिनसम्म रहन्छांैं । यहाँ ७५ प्रतिशत सुटिङ सकेउँ । बाँकी एउटा गीतको छायांकन काठमाडौंमा गरिनेछ ।’

फागुन १५ गते पोखराको विन्दवासिनी मन्दिरमा शुभमुर्हत गरी सुटिङ सुरु गरिएको थियो । पोखराकै सेरोफेरोमा कथा तयार पारेको फिल्ममा दुई जना युवकको कथा छ । एक पात्रले अपुतालि केटीसँग बिहे गरे सम्पन्न हुने भनेपछि त्यसैको खोजीमा हिड्ने दुई पात्रले विभिन्न व्यक्तिसँग खाएको ठक्कर फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएकोे आचार्यले खुलाए ।

फिल्ममा सामान्य, निम्न परिवारदेखि विलासी जीवनसम्मको दुईटा लाइफलाई एकैचोटी देखाउन खोजको उनले बताए ।

फिल्ममा सलोन,साराको अलावा विनोद न्यौपाने, प्रमोद अग्रहरि ,राजाराम पौडेल, जयानन्द लामा लगायतका कलाकारहरुको छ । निर्देशक आचार्यले कथा लेखेको फिल्मको रमेश त्वयना बिज्ञान राई ,नुनम सुब्बा र रोमन शिलाकर फिल्मका निर्माता हुन् ।

सुटिङ रिपोर्ट ।।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.