www.tandavnews.com
Fact ~ In search of truth

‘बन्दुकवाला’ छुटाउन बुलिङ्गटार गाउँपालिका अध्यक्षले प्रहरी कार्यालयको पानि/बत्ति काटिदिए

नवलपरासी
ताण्डव न्यूज ।

नवलपरासीको ईलाका प्रहरी कार्यालय बुलिङ्गटारमा चैत १ देखी पानी र बत्ती छैन । एक किमी टाढा पुगेर पानी ल्याउनु परेको छ। विजुली नहुँदा मोबाइल चार्ज हुन पाएका छैनन् । जनतालाई सुरक्षा दिन खटिएका सुरक्षाकर्मी, असुरक्षीत महशुस गर्न थालेका छन् । कतै जानुपर्दा समूहमा मात्र हिँड्ने गर्छन् ।

बन्दुक सहित पक्राउ परेका ब्यक्तिलाई छुटाउन भन्दै गुण्डागर्दी शैलीमा प्रहरी कार्यालयको पानी र बत्ति काटिएको छ । बुलिङ्गटारका २२ बर्षिय चन्द्र सुस्लिङलाई फागुन ३० गते प्रहरीले भरुवा बन्दुक ,छर्रा २२ थान र बारुद सहित पक्राउ गरेको थियो ।

Batas

पक्राउ परेका सुस्लिङलाई नछाडिएको भन्दै गाउ“पालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीको निर्देशनमा पानि र बत्तिको लाईन काटिएको प्रहरी श्रोतले जनाएको छ ।

चैत १ गते गाउ“पालिका अध्यक्ष शशिकिरण बस्ताकोटी प्रहरी चौकी पुगेर विजुली आउँदैन भनेर जानुभयो । लगत्तै विजुली काटीयो’प्रहरी श्रोतले भन्यो‘उहाँले गाउँपालिकामा प्रहरी नै नचाहिने सम्म भन्नुभयो’ ।

ईलाका प्रहरी कार्यालयमा ९ जना प्रहरीहरु रहेका छन् । पानि नहुदा शौचालय पनि बन्द गर्नु परेको र शौचका लागि समेत समस्या हुने गरेको छ ।

जिल्ला चलानको दिन चैत्र १ गते प्रहरी कार्यालय घेराउ गरेको भए पनि त्यसपछि भने पानि ,विजुलीको लाइन काटिएको तर अन्य घेराउका कार्यक्रम भने नभएको जनाईएको छ ।

प्रहरीहरुले अहिले आफ्नो कार्यालयको सुरक्षागरेर बसेका छन् । कार्यालय भन्दा बाहिर पानि लिन जानपरे ५/६ जना समुहमा जाने गरेको जनाईएको छ ।

प्रहरीको दैनिकीमा नै असर गरेको र मानवअधिकारको समेत हनन् भएको भन्दै सम्बन्धित निकाय संग प्रहरीले सहयोग मागेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी दिपेन्द्र जिसीका अनुसार गाउ“पालिकाका अध्यक्ष संग शनिवार पानि र विजुलीको लाइन प्रहरी कार्यालयमा जडान गर्ने सहमति भएको थियो । तर अझै सम्म पनि जडान नभएको जनाईएको छ ।

यता भरुवा बन्दुक सहित पक्राउ परेका चन्द्र सुस्लि¨लाई भने म्याद थप गरी बयान लिने कार्य जारी रहेको एसपी जिसीले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.