www.tandavnews.com
Fact ~ In search of truth

वेद विद्या आश्रमको यौन घटना अपराध हो, सार्वजनिक हुनु अतिरन्जित होइन:एसपी सिंह

पोखरा
ताण्डव न्यूज ।

पोखराको वेद विद्या आश्रम चिसाखोलामा दुई विद्यार्थी बीच भएको अप्राकृतिक यौन घटना सार्वजनिक हुनु अतिरन्जित नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी अशोक सिंहले स्पष्ट पारेका छन् ।

‘सबैले सोच्नु पर्ने एउटै मात्र कुरा के हो भने, पीडित बालकको परिवारले करणी भनेर जाहेरी दिएको छ,’ उनले भने, ‘अन्य करणीको घटना जसरी यो घटना पनि बाहिर आएको हो ।’

Batas

सोमबार जिल्ला प्रहरी कार्यालयमा कास्कीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले पीडकलाई कानुनको दायरामा ल्याउने मुख्य काम रहेको बताए ।

‘अब एउटा बालकले अर्को बालकलाई गरेको अप्राकृतिक यौन क्रियाकलापलाई सामान्य भनेर छाड्न मिल्छ?’ उनले प्रश्न गर्दै भने, ‘पीडितको जाहेरी लिएन भनेपनि गलत भयो, पीडितको जाहेरीको आधारमा पीडकलाई कानुनी दायरामा ल्याउनु गलत हो ?’

कसैले टिप्पणी गर्दैमा प्रहरीले आफ्नो काम गर्न नरोक्ने एसपी सिंहको भनाई थियो । ‘वेद विद्या आश्रममा दुई विद्यार्थी बीच भएको होमोसेक्सको विषयमा कास्की प्रहरीले घटनालाई सार्वजनिक गरेको कुरालाई लिएर सामाजिक संजालमा टिप्पणी गरेको पाए,’ उनले भने, ‘करणी जस्तो गम्भिर घटना कानुनको नजरमा सानो वा ठूलो भन्ने हुँदैन ।’

कानुनी प्रक्रिया अनुसार सजक भएर अघि बढ्ने एसपीले बताए । ‘जहाँसम्म दुई छात्रको कुरा हामीले उनीहरुको नाम हामीले सार्वजनिक गरेका छैनौ र मिडियाले पनि उनीहरुको नाम गोप्य राखेका छन्,’ उनले भने, ‘बालकले गरेको गल्तीको पनि कानुनी प्रावधान छ, जस्तै पछि कसुर ठहर भएमा बाल सुधार गृहमा राखिन्छ ।’ सबै कुराको कानुनी प्रावधान रहेको हुनाले सबैलाई मर्का नपर्ने एसपीले सुनाए ।

विद्या आश्रममा फागुन २४ गते भएको करणी घटनालाई पीडितका अभिभावकलाई जानकारी नगराई विद्यालयले आश्रममै मिलाउन खोज्नु कानुन विपरित रहेको एसपी सिंहले बताए ।

म्याग्दी घर भई कक्षा ७ मा पढ्ने छात्रलाई बर्दिया घर भई कक्षा १० मा पढ्ने छात्रले करणी गरेको आरोपमा विद्यालयका प्रिन्सिपल श्रीराम तिमिल्सेना र लेखापाल ईश्वर रेग्मी प्रहरी हिरासतमा छन् ।

पीडित छात्रका अभिभावकले जिल्ला प्रहरी कार्यालय कास्कीमा घटनाको जाहेरी दिए पछि विद्यालयका प्रिन्सिपल, लेखापाल र पीडक छात्र प्रहरीले नियन्त्रणमा लिएको एसपी सिंहले बताए ।

पीडक बालकलाई पनि अनुसन्धानका लागि जिल्ला प्रहरीका कार्यालय बाल न्यायिक कक्षमा राखिएको र अदालतको आदेश अनुसार बाल सुधार गृहमा लैजाने प्रहरीले बताएको छ ।

याे पनि पढ्नुहाेस् ।

वेद विद्या आश्रमको यौन काण्डमा तानिए प्रिन्सिपल र लेखापाल

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.