www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिकामा बाघको छाला र बन्दुकसहित दुई जना पक्राउ

पोखरा
ताण्डव न्यूज ।

कास्की प्रहरीले बाघको छाला र भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ । माछापुच्छे« गाउँपालिका वडा २ च्याङलुङ बस्ने ४० वर्षीय गमबहादुर गुरुङको घरमा हातहतियार तथा चितुवाको छाला लुकाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले बताए ।

सोही ठाउँका ३१ वर्षीय चन्द्र बहादुर पौडेलले चितुवा मारी छाला गुरुङको घरमा राख्न दिएको डिएसपी खत्रीले बताए ।

Batas

चैत्र ५ गते गोप्य सुचनाको आधारमा कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहको मौखिक आदेशअनुसार सार्दीखोला चौकीबाट खटिएको टोलीले घर खानतलासी गर्दा चितुवाको छाला, १ थान भरुवा बन्दुक , छर्रा र खालि खोका २७ थान फेला परेको हो । घटनाको थप अनुसन्धान भई रहेको डिएसपी खत्रीले बताए ।

पछिल्लो समय विशेष गरि माछापुच्छे« गाउँपालिकामा पर्ने संरक्षण क्षेत्रमा लुकिछिपि बन्यजन्त मार्ने सिकारीको संख्या बढ्दो छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.