www.tandavnews.com
Fact ~ In search of truth

पीएन क्याम्पसमा कानुनका विद्यार्थीको ‘नाइन ए साइड’ फुटबल प्रतियोगिता

पोखरा ।

पोखराको पृथ्वीनारायण क्याम्पस बिए एलएल बि संकायमा अध्ययनरत विद्यार्थीहरुले दोस्रो अन्तर ल कलेज स्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता गर्ने भएका छन् ।

स्वाभिमानी बहादुरी नेपालीको शान, कानुनी विद्यार्थीको बेग्लै पहिचान भन्ने मूल नाराका साथ क्याम्पसको अन्नपूर्ण खेल मैदानमा प्रतियोगिता हुने छ । प्रतियोगिता चैत १० देखि १२ गतेसम्म चल्ने छ।

Batas

प्रतियोगितामा नेपालभरका ६ वटा ल कलेजबाट महिला तथा पुरुष गरी १२ टिमको सहभागिता रहने अनुमान गरिएको छ।

खेलकुदका माध्यमबाट कानुनका विद्यार्थीबीचको सद्भाव विकास गर्न उदेश्यले प्रतियोगिता गर्न लागिएको संयोजक शोनु रौनियारले जानकारी दिए ।

प्रतियोगिता आयोजना गर्न पाउँदा उत्साहित छौं संयोजक रौनियारले भने ‘ सवैबाट साथ र सहयोग अपेक्षा गरेका छौं।’ प्रतियोगितामा विजेता समूहलाई नगद ४० हजार र उपविजेतालाई २० सहित ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिने छ।

त्यस्तै, उत्कृष्ठ खेलाडीलाई पनि पुरस्कृत गरिने छ।

प्रतियोगिता सम्पन्न गर्नका लागि चार लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि रमेश गिरीको संयोजकत्वमा अर्थ, शेखर पौडेलको संयोजकत्वमा टिम व्यवस्थापन , कृष्ण अधिकारीको संयोजकत्वमा खेल व्यवस्थापन र सूचना सुनारको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति समिति गठन गरिएको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.