www.tandavnews.com
Fact ~ In search of truth

ज्यानमारा औषधी बेच्ने विरुद्ध प्रहरीले कारवाही अघि बढायो

पोखरा
ताण्डव न्यूज ।

ज्यानमारा औषधी बेच्ने आयुर्वेद फार्मेसी र पुजा पसलविरुद्ध कास्की प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ । प्रतिवन्धित औषधी ‘चन्दा’ बेचेको प्रमाणसहित ताण्डव न्युजले प्रकाशन गरेको समाचारको आधारमा कास्की प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।

ज्यानमारा औषधी बेच्नेमा आयुर्वेद फार्मेसी पोखरा–८ सभागृहचोक, सपना आयुर्वेद हस्पिटल प्रा.लि., सरु भट्टराई पूजा सामग्री भण्डार बगर–१ भीमकालीपाटन, भट्टराई पूजा सामग्री भण्डार–१ बगर छन् । उनीहरुले बेचेको औषधी र विल स–प्रमाण छन् ।

Batas

प्रतिवन्धित औषधी वेच्नेलाई कारवाही गर्न प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहले बताए । ‘छानविन र अनुसन्धानको लागि डिएसपी खड्कबहादुर खत्रीको नेतृत्वमा छानविन समिति बनाएका छौ,’ उनले भने, ‘सोधपुछ र प्रमाणका आधारमा कडा कारवाही गरिने छ ।’

प्रमाण हेर्दा भट्टराई पूजा सामग्रीले वाथको औषधी भनेर ५ वटा प्याकेट ७ सय ५० रुपैयाँमा, सरु भट्टराई पूजा सामग्रीले १ वटा ३ सय रुपैयाँमा, निरा आयुर्वेद फार्मेसीले १ प्याकेट २ सयमा र सपना आयुर्वेदले २ वटा ५ सय रुपैयाँमा बेचेको पाइयो ।

यिनीहरुले यो औषधी भारतमा पूजा सामग्री किन्न जाँदा ल्याउने गर्छन् । पोखरामा आयुर्वेदका डाक्टर तथा वैद्यले सिफारिस गर्ने भएकोले ज्यानमारा औषधी धेरै विक्री हुने गरेको हो ।

विशेष गरी घुँडा दुखेका, वाथ, युरिक एसिड भएका, ढाड दुखेका, घुँडा दुखेका तथा हड्डी दुखेकाले यो औषधी सेवन गरे अति उत्तम हुने भन्दै माग बढेको हो ।

‘चन्दा’ नामक औषधीले पेन किलरको काम गर्छ तर स्वास्थ्यको लागि घातक छ । ‘चन्दा’ले किड्नीमा असर गर्नुका साथै, प्रेसर र सुगर समेत बढाउने काम गर्छ । ‘दर्द निवारक गोली’ लेखिएको यो औषधी भारतमा २० देखि ५० रुपैयाँ आइसीसम्म पाइन्छ जुन पोखरामा मनपरी मूल्यमा बेच्ने गरेको पाइन्छ ।

औषधी व्यवस्था विभाग आयुर्वेद विभाग प्रमुख प्रकाश ज्ञवालीले चन्दा नामक औषधी प्रतिबन्धित रहेको बताएका छन् । यस्तो औषधी वेचेको पाइएमा फार्मेसीलाई सिलबन्दी बेच्ने व्यक्तिलाई ३ महिनासम्म जेल सजाय र २५ हजार जरिवाना हुने कानुनी प्रावधान रहेको प्रमुख ज्ञवालीले बताए ।

 

यो पनि पढ्नुहोस्

पोखरामा छ्याप्छ्याप्ती ज्यानमारा औषधी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.