www.tandavnews.com
Fact ~ In search of truth

गुण्डा नाइकेको कम्पनीलाई कहिले हुन्छ कारवाही ?

पोखरा
ताण्डव न्यूज ।

एक महिना बित्ति सक्दा पनि पोखरा लेखनाथ महानगरपालिकाले मापदण्ड विपरित बनेको पोखरा सस्तो बजारलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन ।

गुण्डा नाइके राजु गोर्खालीको सूर्य दिल गु्रप इन्भेष्टमेन्ट कम्पनी प्रालिले बनाएको सस्तो बजार महानगरको भवन संहिता मापदण्ड विपरित भएमा भत्काईने आस्वासन दिएको यतिका समय बित्ति सक्दा पनि महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले कुनै कदम चालेको पाइदैन ।

Batas

कम्पनीले महानगरलाई अटेर गरेर मापदण्ड विपरित बनाएको हो भन्ने सबै कर्मचारीलाई थाहा भएपनि कार्यकारी अधिकृत पौडेलको निर्देशनमा मौन छन् ।

हेर्दा पनि कम्पनीले गुण्डा नाइकेको आडमा उल्टो प्रक्रिया अप्नाएको स्पष्ट छ । महानगर भित्र कुनै पनि संरचना बनाउनु अघि नक्सा पास गरिन्छ अनि मात्र भौतिक संरचनाको लागि जग हालिन्छ तर गुन्डा नाइके राजुको पोखरामा कारोबार सम्हाल्ने जिम्मेवारी पाएका युवराज खतिवडाले पहिला संरचना तयार पारेपछि बल्ल प्रक्रियामा अघि बढेका हुन् ।

अहिले सत्य तथ्य बाहिर आएपछि उनी महानगरपािलकाका कर्मचारी र विभिन्न नेताको शरणमा पुगेको स्रोतले बतायो ।

पृथ्वीचोक स्थित नेपाल वायु सेवा निगमको जग्गामा बनाएको पोखरा सस्तो बजार मापदण्ड विपरित भएको र महानगरको भवन निर्माण आचार संहिता अनुरुप लिनुपर्ने अनुमति नलिएको खबर ताण्डव न्यूजमा पटक पटक सम्प्रेषण गर्दै आएपछि महानगरबाट नक्सा पासको प्रक्रियामा बजारलाई ल्याउन बाध्य भएको हो ।

प्रक्रियाको लागि फाइल पेस गरेको महानगरपालिकाकका कार्यकारी पौडेलले बताए । ‘पोखरा सस्तो बजारले नक्सा पास प्रक्रियाको लागि महानगरमा फाइल पेस गरेको छ,’ उनले भने, ‘प्राविधिकले हेरे पछि भवनलाई नक्सा पास दिने की नदिने टुङ्गो हुन्छ ।’

एक त महानगरको अनुमति बेगर भवन बनाईसकिएको छ । टिनमाथि ढलान गरी तीन तला पुर्याइएको छ यसको कानुनी प्रावधान के हुन्छ भन्ने हाम्रो प्रश्नमा पौडेलले प्रतिक्रिया दिँदै भने, ‘कुनै पनि भवन वा संरचना बनाउनुपूर्व नै महानगरबाट नक्सा पास गर्नुपर्ने हुन्छ । अनुमति बेगर भवन बनाईसकिएको छ भने त्यसको हकमा सम्बन्धीत कम्पनी वा व्यक्तिले जरिवाना तिर्नुपर्ने हुन्छ अथवा मापदण्ड विपरित कमजोर संचरना भएमा भवन भत्काइन्छ ।’

महानगरको भवन निर्देशिका विपरित भएको खण्डमा प्राविधिकले जाँच गरि भवनको संरचना सही भए नभएको छुट्टाए पछि थप कारवाहीको लागि अघि बढिने उनले जनाए । पोखरा सस्तो बजारको निर्माण कार्य रोकेर नक्सा प्रक्रियाको लागि महानगरमा आउन पटक पटक तोकता गर्दा अटेर गर्दै लामो समयसम्म नक्सा पास प्रक्रियाको लागि बजारका संचालक महानगर पुगेका थिएनन् ।

प्लाष्टिकले छोपेर प्लाष्टर

यता पोखरा सस्तो बजारले भने सबैको आँखा छल्दै भवन रातारात सक्काउने ध्याउन्नमा जुटेको छ ।

टिनमाथि ढलान गरेर तीन तला पुर्याएको जानकारी सबै निकायलाई पुगे पछि उसले पानी परेको समयमा पनि प्लाष्टिकले छोपेर प्लाष्टर गर्ने काम जारी राखेको छ ।

यसअघि भवनको निर्माण कार्य रोकेर नक्सा पास प्रक्रियाको लागि महानगरमा आउन कार्यकारी अधिकृत पौडेलले बताए पनि उनको आदेशलाई पालना गरेको छैन् ।

भवन नक्सा पास प्रक्रियाको लागि महानगरमा पुगेको भएपनि निर्माण कार्य निरन्तर भएकाे पाइएको छ ।

 

यो पनि पढ्नुहोस्

गुण्डा नाइकेको अगाडि लाचार पोखरा महानगर

गुण्डा नाइकेको आडमा अनुमतिबिना तला थप्दै ‘पोखरा सस्तो बजार’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.