
पोखरा
ताण्डव न्यूज
पोखरामा बैकिङ सूचना प्रवाह गर्ने तथा वित्तिय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बैकिङ बिमा एक्स्पो हुने भएको छ । पोखरा नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा आगामी चैत्र ११ र १२ गते बैकिङ बिमा एक्स्पो हुने भएको हो ।
सर्वसाधरणमा बैकिङ पहुँच बढाउँदै बैंकबाट कर्जा लिएर उद्यमशिलताको विकास गर्न समेत एक्स्पो प्रभावकारी हुने आयोजकको बिश्वास छ ।

बित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले भने ‘बैकिङ सुचनाको अभावमा लगानीका विधि, कर्जा र ब्याजबारे सामान्य जानकारी समेत नहुँदा मानिसहरु बैकिङ पहुँचबाट टाढा छन् ।’ उनीहरुलाई बैकिङ क्षेत्रको पहुँचमा ल्याएर स्वदेशमा उद्यमशिलताको प्रबद्र्धन गर्नु नै कार्यक्रमको मुख्य उद्धेश्य हुने संयोजक निर्दोषको भनाई थियो ।
साथै बिमाको बिकास, बिस्तार तथा बिमाको आवश्यकता र महत्वका बारेमा एक्स्पो मार्फत आम नागरीकले सही सुचना पाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखराका कायममुकायम निर्देशक तिल बहादुर गुरुङले पोखरा शहरी क्षेत्र भएपनी अझै पोखरा आसपासका ग्रामिण भेगमा रहेका मानिसहरुमा बैकिङ चेतनाको अभाव रहेकोले उनीहरुको बैकिङ सेवाको मुलधारमा ल्याउन एक्स्पो प्रभावकारी हुने धारणा राखे ।
डेभलपमेन्ट बैंकर्स एसोशियसनका बरीष्ठ उपाध्यक्ष गोबिन्द प्रसाद ढकालले अहिले चालिस प्रतिशत नेपालीहरुसँग मात्र वितिय सेवाको पहुँच रहेको अवस्थामा आम नागरीकमा बैकिङ सचेतना अभिबृद्धी गर्न यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताए ।
डेभलपमेन्ट बैंकर्स एसोशियसनका सचिव तथा गण्डकी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ लगायतले एक्स्पो मार्फत बित्तिय सचेतना फैलाउनुपर्नेमा जोड दिए ।
एक्स्पोमा बिभिन्न बैंक तथा वित्त र बिमा कम्पनीहरुको सूचनामुलक स्टलहरु रहनेछन् । साथै बैकिङ लगानी, कर्जा, उद्यमशिलता, बैकिङ तथा बिमा टेक्नोलोजी एवं बिमाको महत्वका बिषयमा अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।
यस अघि काठमाडौ र इटहरीमा भैसकेको एक्स्पो पोखरामा भने पहिलो पटक हुँदैछ । मिडिया इन्टरनेश्नलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा बिमा समितिसँगको साझेदारीमा कार्यक्रम हुने कार्यक्रमलाई नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तीय संस्था संघ र माइक्रो फाइनान्स बैंकर्स एशोसियसनले सहयोग गर्नेछन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.