www.tandavnews.com
Fact ~ In search of truth

जगन्नाथ सिग्देल स्मृति पुरस्कार रुद्र र रञ्जनलाई

पोखरा।

पोखराका युवा पत्रकारद्वय रुद्र श्रीस र रञ्जन अधिकारी पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७३ र २०७४ बाट उनीहरु पुरस्कृत हुन लागेका हुन् ।

महासंघको बिहीबार बसेको बैठकले श्रीस र अधिकारीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । चैत १६ गते शनिबार एक कार्यक्रमका बीच उनीहरुलाई पुरस्कृत गरिनेछ । प्रतिभा छनोट समितिले उनीहरुलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । सिग्देलको स्मृतिमा परिवारजनले पुरस्कार स्थापना गरेका हुन् ।

Batas

पत्रकार श्रीस कास्की आवाज राष्ट्रिय दैनिक र फेवा टेलिभिजनमा आबद्ध छन् । उनी बिगत ११ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । नेपाल मगर पत्रकार महासंघका उपमहासचिव, नेपाल आदिबासी जनजाति पत्रकार महासंंघका केन्द्रीय पार्सद श्रीस नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य पनि हुन् ।

अधिकारी आदर्श समाज राष्ट्रिय दैनिक, बिग एफएम र गण्डकन्युज अनलाइनमा कार्यरत छन् । बिगत ९ वर्षदेखि पत्रकारितामा क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत हुन् । खेलकुद पत्रकार मञ्च कास्कीका सचिव अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्षसमेत हुन् ।

प्रतिभा छनोट समितिमा पुण्य पौडेल, घनश्याम पाण्डे, दुर्गा अधिकारी, महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना रहेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.