www.tandavnews.com
Fact ~ In search of truth

३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पोखरा
ताण्डव न्यूज ।

टुँडिखेल युथ क्लवको आयोजनामा यहि चैत्र १३ देखि १६ गतेसम्म ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । टुँडिखेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ कप, मेडल, प्रमाणपत्र, द्वितिय हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोलकिपरलाई ट्रफि तथा प्रमाणपत्रले पुरस्कृत हुनेछन् । क्वाटरफाइनलका खेलहरुबाट हरेक खेलमा म्यान अफ द म्याचलाई पनि पुरस्कृत गरिने क्लवका उपाध्यक्ष दिलिप गुरुङले जानकारी दिए ।

Batas

६ लाख खर्च तथा ३ लाख बचतको अनुमान रहेको प्रतियोगितामा झण्डै १५ टिमले सहभागिता हुने आयोजकको अपेक्षा छ । प्रतियोगिताबाट बचेको रकम टुँडिखेलमा सञ्चालन भइरहेको इन्द्रेणी फुटबल एकेडेमीको विकासमा खर्चिने गुरुङले बताए ।

नेपाल बु्रअरी प्रालिले आगामी तीन वर्ष सम्म प्रतियोगिताको मुख्य प्रायोजन गर्नेछ । प्रालिका पोखरा डिलर प्रमुख राजु लुइटेलले प्रायोजन स्वरुप पहिलो वर्ष २ लाख र हरेक वर्ष रकम बढाउँदै लगिने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.