www.tandavnews.com
Fact ~ In search of truth

बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते

मेलम्ची(रासस)

काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Batas

आमाहेल्मो यातायातको बा३ख ४३२५ नंको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ भने दुईजनाको सनाखत हुन बाँकी छ ।

बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिनुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.