www.tandavnews.com
Fact ~ In search of truth

पोखरा–२१मा कान रोगका बिरामीलाई निःशुल्क उपचार सेवा

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महागनरपालिका–२१, फेदीपाटनमा कान रोगका बिरामीहरुलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइएको छ ।

पार्दी युवा क्लवको आयोजनामा आइतबार फेदीपाटनमा निःशुल्क कान रोगको निदान तथा उपचार सेवा उपलब्ध गराईएको हो ।  हरियो खर्क अस्पताल कान विभागको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त शिविरमा झण्डै १४० कान रोगका विरामीले सेवा लिएको कार्यक्रमका संयोजक सुजन पौडेलले बताए ।

Batas

कान रोग जस्तो जटिल समस्या आर्थिक अभावमा अस्पताल सम्म आउन नसक्नेहरुका लागि लक्षित गरी आयोजना गरिएको हो ।  शिविर सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर चारका खोप अधिकृत एकनारायण लम्सालको प्रमुख आथित्यमा सम्पन्न भयो ।

पोखरा–२१, स्वास्थ्य चौकीको समन्वयमा संचालित शिविरको अध्यक्षता पार्दी युवा क्लवका अध्यक्ष प्रताप पौडेलले गरेका थिए ।

शिविरमा स्थानीय प्रतिभा महिला समूह, टोल विकास संस्थाको सहकार्य रहेको कार्यक्रमका संचालक टिकाराम पौडेलले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.