www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय मुक्तक पुरस्कार ‘सरुभक्त’लाई

पोखरा ।

यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार मुक्तककार सरुभक्तलाई प्रदान गरिने भएको छ ।

मुक्तक विधामा नेपालमै पहिलो पटक साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित र मुक्तक मञ्च पोखराद्वारा सञ्चालित पुरस्कार यस पटक सरुभक्तलाई दिइने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Batas

मञ्चका अध्यक्ष प्राञ्जलले ११ हजार १११ रुपैयाँ रहेको पुरस्कारको राशी यस वर्षबाट बढाएर २२ हजार २२२ रुपैयाँ नगद, ताम्रा पत्र र दोसल्ला प्रदान गरिने जानकारी दिए । संस्थापक अल्पविरामले पुरस्कारको अक्षयकोष सकेसम्म बढाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरे । नेपाली मुक्तकको विकास र लेखनका लागि सरुभक्तको महत्वपूर्ण योगदानको कदर गर्दै उनलाई पुरस्कार प्रदानका लागि सिफरिस गरिएको प्रतिभा छनोट समितिका संयोजक दीपक समीपले जनाए ।

मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपिन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा सम्मानित भइसकेका छन् । मुक्तकको लेखन, विकास वा अनुसन्धानमा लागेका संस्था वा व्यक्तिलाई हरेक २ वर्षमा पुरस्कार प्रदान गरिँदै आएको छ ।

पुरस्कार पोखरामा हुने ३ दिने मुक्तक महोत्सवका अवसरमा अर्पण गरिने मञ्चले जानकारी दिएको छ । मञ्चले चैत २२ देखि २४ गतेसम्म पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा ३ दिने मुक्तक महोत्सव २०७४ आयोजना गरेको छ । रोट¥याक्ट क्लब अफ् हेमजाको सहआयोजनामा हुने महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, राष्ट्रिय मुक्तक पुरस्कार हस्तान्तरण, मुक्तकको सैद्धान्तिक बहस, मुक्तक सङ्ग्रह विमोचन र नेपालका विभिन्न जिल्लाका अग्रज तथा नयाँ पुस्ताका गरी ४० भन्दा बढी मुक्तककारहरुका मुक्तक वाचनलगायतका कार्यव्रmम हुने अध्यक्ष प्राञ्जलले जानकारी दिए ।

महोत्सवको सफलताका लागि प्रायोजकहरुको खोजी भइरहेको आर्थिक उपसमितिकी संयोजक गौरी तमुले जानकारी दिइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.