
पोखरा
ताण्डव न्यूज ।
पोखरा नयाँ बजारमा एक बालिकाको हत्या भएको छ । सभागृह टोलमा ५ वर्षीया विहानी थापाको शव फेला परेपछि प्रहरीले हत्या गर्ने बालकलाई पक्राउ गरेको हो ।
आइतबार राति घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहले बताए । ‘ग्यारेजमा काम गर्ने १४ वर्षका किशोरले ढुङगाले हानेर हत्या गरेको खुलेको छ,’ उनले भने, ‘सबै प्रमाणसहित किशोरलाई हामीले नियन्त्रणमा लिएका छौं ।’ हत्याका आरोपी अण्डर एज भएकाले नाम गोप्य राखिएको उनले बताए ।


आइतबार साँझ ७ बजे हराएकी विहानीको राति १० वजे शव फेला परेको एसपी सिंहले बताए । ‘आइतबार राती १० बजेतिर सभागृह टोलमा एक जग्गाको कुनामा शव फेला परेको हो,’ उनले भने, ‘शव सिमेन्टको बोरा, ढुङगा र बालुवाले छोपेको अवस्थामा फेला परेको हो ।’ बालिको टाउकोमा चोट लागेको उनले बताए ।
खेलौनाको विषयलाई लिएर हत्या भएको छ । ‘प्रारम्भीक सोधपुछमा किशोरले आफ्नो खेलौना विहानीले बिगार्देको भन्दै ढुङगाले हानेको स्वीकार गरेका छन् ।’ घटना सम्बन्धी थप अनुसन्धान भई रहेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।