www.tandavnews.com
Fact ~ In search of truth

‘अष्ट्रेलिया विद्यार्थीका लागि सुरक्षित गन्तव्य’

पोखरा
ताण्डव न्यूज ।

नेपालबाट हरेक वर्ष सयौं विद्यार्थी उच्च शिक्षा हासिल गर्नका लागि विभिन्न मुलुकका युनिभर्सिटी र कलेजतर्फ जाने गरेका छन् । पछिल्लो समय वैदेशिक शिक्षामा नेपाली विद्यार्थीको रोजाई अष्टे«लिया मुख्य हुने गरेको छ ।

विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै केही वर्षयता नेपालमा सयौं शैक्षिक परामर्श केन्द्रहरु खुलेका छन् । यसैबीच सन् २०१७ देखि प्रदेश नम्बर ४ को राजधानी पोखरामा ‘द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी प्रालि’ले आफ्नो सेवा विस्तार गरेको छ ।

Batas

सन् २००५ मा काडमाण्डौंमा मुख्य कार्यालय स्थापना गरेर सेवा विस्तार गरेको उक्त कन्सल्टेन्सीले अष्टे«लियाको सिड्नी, नेपालका प्रमुख सहर पोखरा, बुटवल, चितवनबाट हालसम्म सात हजार भन्दा बढी विद्यार्थीलाई सेवा उपलब्ध गराएर कन्सल्टेन्सीहरुको भीडमा आफूलाई अब्बल सावित गरिसकेको छ । पोखरामा पनि छोटो समयमै विद्यार्थी र अभिभावकको रोजाईको कन्सल्टेन्सी भएको छ ।

काडमाडौं मुख्य कार्यालयमा झण्डै तीन वर्ष सिनियर काउन्सिलरको सफल जिम्मेवारी पछि गृहनगरी पोखरामा द नेक्स्टको सेवा भित्राएका थिए सुशिल भट्टराईले । उनै भट्टराईसँग वैदेशिक शिक्षासम्बन्धीको बारेमा ताण्डवकर्मी ईश्वर देवकोटाले गरेको कुराकानी :

 

नेपालमा वर्षेनी सयौं विद्यार्थी अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी र कलेजमा अध्ययनका लागि जाने गर्दछन्, यसरी अध्ययनको लागि विदेशिन पर्ने बाध्यता छ र ?

नेपालमा पनि पछिल्लो समय राम्रा र अब्बल युनिभर्सिटी एवं कलेजहरु सञ्चालनमा आएका छन् । यद्यपि, हरेक वर्ष नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्ने दौरानमा विदेशका विभिन्न कलेजहरुमा आवेदन दिइरहेको देखिन्छ । त्यसमा अष्टे«लिका युनिभर्सिटी र कलेज नेपाली विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने उद्देश्यका लागि मुख्य रोजाई बन्ने गरेका छन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका पाठ्यक्रममा आधारित विषयहरु रोजेर पढन् पाईने अवसर प्राप्त भएकोले पनि अष्ट्रेलियाको आकर्षण बढेको छ ।

अष्ट्रेलियाका युनिभर्सिटीमा नेपाली विद्यार्थीहरुको रोजाइका विषय के कस्ता रहेका छन् ?

विशेषगरी नर्सिङ, आइटी, अकाउन्टिङ, होटल म्यानेजमेन्ट, मेडिकल ल्यावरोटरी साइन्स, सामाजिक विज्ञान, पब्लिक हेल्थ जस्ता विषय नेपाली विद्यार्थीका मुख्य रोजाइको विषय हुने गरेको देखिएको छ ।

अष्ट्रेलियाका युनिभर्सिटीमा आवेदन दिन चाहने विद्यार्थीले के कस्तो प्रक्रिया पूरा गर्नुपर्छ ?

सबैभन्दा पहिले विद्यार्थीमा इच्छाशक्ति, अभिभावकमा सहयोगी भावना हुनु जरुरी छ । त्यसपछि विद्यार्थीको शैक्षिक प्रमाणपत्र, एसईई देखि माथि कलेजसम्मको आईएलटीएसको स्कोर, पासपोर्ट, आर्थिक स्रोत खुलेको प्रमाण, नाता प्रमाणित, कर क्लियरेन्स, बैंक ब्यालेन्स प्रमाणपत्र जस्ता कागजात सहित निवेदन दिनुपर्छ । युनिभर्सिटी तथा कलेजले सबै डकुमेन्ट सही भएको ठानेमा भिसाको लागि आवेदन माग गर्दछ ।

त्यसपछि नेपाल सरकारको नियम अनुसार अन्य प्रक्रिया पूरा गरी आफूले पढ्न चाहेको विषय र युनिभर्सिटीले भिसा दिईसकेपछि अष्टे«लिया जाने बाटो खुल्दछ ।

कयौं नेपाली छात्राहरुमाथि रोजगारदाताबाट त्यहाँ दुव्र्यवहार तथा यौनशोषण हुने गरेको खबर आउँछन् । के अष्टे«लिया नेपाली छात्राहरुको लागि सुरक्षित गन्तव्य हो ?

विदेशमा पढ्न जाने विद्यार्थीको लागि अष्टे«लिया सबैभन्दा सुरक्षित गन्तव्य हो । त्यहाँको समाज र मानिसहरुको जीवनस्तर अत्यन्तै उच्च तहको छ । यद्यपि, कहिलेकाहीँ तपाईले भनेजस्तो केही छिटफुट घटना भने हुने गरेका छन् । त्यस्ता घटना दोहोरिन नदिन त्यहाँको सरोकारवालका निकाय जति सचेत छ, त्यो भन्दा बेसी स्वयम् विद्यार्थीहरु हुनु जरुरी छ ।

डिपेन्डेन्ट भिसामा अष्टे«लिया जाने चाहना पनि धेरैको देखिन्छ । यो प्रक्रिया कसरी सम्भव छ ?

हो, डिपेन्डेन्ट भिसामा पनि थुप्रै नेपालीहरु अष्टे«लिया जाने गरेका छन् । विशेषतः वैवाहिक सम्बन्ध भएका जोडीले यो प्रक्रिया अपनाउन सक्दछन् । यद्यपि, हाम्रो मुलुकमा पेपर म्यारिज गरेर जाने प्रचलन छ । जुन वास्तवमा संस्कारगत हिसावले विवाह स्वीकार्य भएको हुँदैन । यस्तो अवस्थामा केही समस्या भने देखिएका छन् । डिपेन्डेन्ट भिसामा जाँदा कम्तीमा १२ लाख नेपाली रुपैयाँ बैंक खातामा सो गरेपछि सहजै जान सकिन्छ ।

खासमा कति रकम भयो भने एउटा सामान्य विद्यार्थीले अष्टे«लियाको उच्च शिक्षा हासिल गर्ने सक्छ ?

सिङ्गल जाने हो भने १८ लाख र म्यारिड जोडी जाने हो भने २५ लाख नेपाली रुपैयाँ भएमा अष्टे«लियाको प्रोसेस गर्न सकिन्छ । अष्टे«लियन डलरको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा राम्रो भएकोले अमेरिका भन्दा अष्टे«लिया जाने विद्यार्थीको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

अमेरिकामा सामान्यतया विद्यार्थीहरुले काम गर्दा ९ डलर सम्म पाउने गरेकोमा सोही समयावधिको काम अष्टे«लियामा १७ डलरसम्म पाउने गरेका छन् । अर्कोतर्फ पीआरको लागि पनि त्यहाँ सजिलो प्रक्रिया रहेको छ भने अष्टे«लियाको कुनैपनि सहरमा नेपालीहरु सहजै आउन जान सक्छन् । नेपाली हावापानी सुहाउँदो त्यहाँको वातावरणले पनि नेपाली विद्यार्थीको लागि मुख्य गन्तव्य बन्न पुगेको हो ।

व्यावसायिक प्रतिस्पर्धा कस्तो पाउनु भएको छ ?

यहाँको कन्सल्टेन्सीको व्यावसायिक एकदमै अव्यवहारिक किसिमको पाएको छु । कसैको ब्राण्डको नामलाई नै मेल खाने गरी चाखे थाप्ने तरिकाले कन्सल्टेन्सी खोलेर चलाएको पाइन्छ । हामीले यो अवस्थासम्म आइपुग्नुमा दशकौं मेहनत गरेका छौं ।

अन्ततः विद्यार्थी र अभिभावकले सेवाको गुणस्तर हेर्ने भएकोले ढिलो चाँडो द नेक्स्टको सेवा र काम प्रति नै आकर्षित हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.