www.tandavnews.com
Fact ~ In search of truth

दुरसंचार कार्यालय पोखरासँग एक लाख क्षतिपुर्ती माग

पोखरा
ताण्डव न्यूज ।

पोखराका संचारकर्मी अपिल त्रिपाठीले नेपाल टेलिकमसँग एक लाख रुपैया क्षतिपुर्ति माग गरेका छन् । क्षतिपुर्तिको माग गर्दै उनले सोमबार दुर संचार कार्यालय पोखरामा निवेदन दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले यसबारे जानकारी गराएका छन् । अपिल लेख्छन् ‘मैले भर्खरै दुर संचार कार्यालय, पोखरा संग १ लाख रुपैया क्षतिपुर्ती माग गरेको छु । भएको चाही के हो भने – नेपाल टेलिकमको ल्याण्ड लाइन फोन जडान गर्नको लागी आबश्यक सम्पुर्ण प्रकृया पुरा गरे पछी मैले टेलिकमका कर्मचारीलाई सोधे – ‘सर, अब मेरो फोन कहिले जोडिन्छ ?’ उहाँले भन्नु भो – ‘बढीमा ३ दिन भित्र ।’ उहाँले फोन जोड्ने प्राबिधिकको नाम र नंवर दिनु भो । प्राबिधिकले बिभिन्न बहाना गर्दै १ महिना सम्म पनि फोन जोड्न आएनन । ल्याण्ड लाइन फोन लिएपछी फोन चलाए पनि नचलाए पनि मासिक रु.२५० तिर्नै पर्ने नियम रहेछ । १ महिना सम्म पनि फोन नजोडिएपछी मैले टेलिकममा फोन गरेर सोधे – ‘सर मेरो त फोन नै जोडिएको छैन, मैले एक महिनाको त्यो २५० रुपैया तिर्नु पर्छ कि पर्दैन ?’ उहाँले भन्नुभो – ‘त्यो त तिर्नु पर्छ । तपाईको नंवर रजिष्टर भएको दिन देखिको पैसा लाग्छ ।’ मैले भने – ‘ए हो ? ठिकै छ ।’ अनि बारम्बार गुनासो गरेपछी नेपाल टेलिकमका कर्मचारी फोन जोड्न आए । फोन जोडेपछी मैले उनीहरुलाई भनेको थिए – फोनमा एकदम डिस्टब आको छ, प्लीज मिलाइदिनु होला । तर उनीहरुले वास्तै गरेरनन । त्यसै हिडे । अनि फोन चेक गर्छु त – सेट बाट मोबाइलमा फोन गर्दा घरी एउटा नंवर आउछ, घरी अर्को आउछ । सेटमा फोन गर्दा कहिले शो रुम वालाले उठाउछ, कहिले कल्ले उठाउछ । अत्ति भो । फोनको कारणले मलाई मानसिक तनाव भयो, मेरो समय खर्च भयो र फोन मार्फत गर्नुपर्ने मेरा कामहरु प्रभाबित भए, जसकारण मलाई आर्थिक नोक्सानी भयो । यसको दोषी दुरसंचार कार्यालय पोखरा हो भन्ने मेरो ठम्याई छ । तसर्थ उक्त कार्यालय संग १ लाख रुपैया क्षतिपुर्ती माग गरेको छु । मैले क्षतिपुर्ती पाउछु कि पाउदिन ? नपाउने भए किन पाउदिन ? पाउने भए कहिले र कती पाउछु ? भन्ने प्रश्नको जवाफ लिन कार्यालय प्रमुखले भोली बोलाउनु भएको छ । भोली फेरी जादैछु । भएका सबै कुराहरुको मेरो मोबाइलले पुरै भिडियो पनि खिचेको छु । उचित समयमा सार्वजनिक गर्नेछु ।’

Batas

फेसबुकमा पोष्ट गरिएको यो कदमलाई धेरैले जायज भएको प्रतिक्रिया दिइरहेका छन् ।

अपिलले कार्यालयलाई बुझाएको निवेदन ः

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.