www.tandavnews.com
Fact ~ In search of truth

भेट्रान्स सेभेन ए साइड फुटबल शुरु

पोखरा ।

टुँडिखेल युथ क्लव, पोलेमनपा–१ को आयोजनामा पुरानो टुँडिखेल मैदानमा माइटी शेर्पा ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७४ आजदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन चार खेलहरु सम्पन्न भएका छन् ।

आन सम्पन्न खेलहरुमा टुँडिखेल युथ क्लव, नयाँगल्लि युथ क्लव र लेकसाइड च्याम्पियन क्लव विजयी भए । भदौरे एफसी र लेकसाइड भेट्रान्सविचको खेलमा पराजित भएको लेकसाइडले उजुरी हालेपछि यसको छानविन भइरहेको आयोजक समितिले जनाएको छ ।

Batas

यसअघि एक समारोहका विच पोलेमनपा वडा नम्बर १ का वडाध्यक्ष शारदा पराजुलीले प्रतियोगिताको उद्घाटन गरेकि थिइन् ।

नेपाल बु्रअरी प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ कप, मेडल, प्रमाणपत्र, द्वितिय हुने टिमले ३३ हजार ३ सय ३३ कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोलकिपरलाई ट्रफि तथा प्रमाणपत्रले पुरस्कृत गरिने छ । क्वाटरफाइनलका खेलहरुबाट हरेक खेलमा म्यान अफ द म्याचलाई पनि पुरस्कृत गरिने आयोजक क्लवले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.