पोखरा
ताण्डव न्यूज ।
प्रजातान्त्रिक विचारमा आस्था राख्ने यातायात व्यवसायीहरुको भेलाले नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ स्याङ्जाको कार्यसमितिको सभापतिमा यातायात व्यवसायी गुणनीधि काफ्लेलाई सर्वसम्मत चयन गरेको छ ।
संघका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल संयोजक गोकर्ण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट काफ्ले सहित १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

भेलाले उपसभापतिमा महेशबहादुर थापा(गणेश), सचिव राजेन्द्र अर्याल, उपसचिव विमल अर्याल, कोषाध्यक्ष हनिफ मियाँ, सदस्यहरुमा श्रीप्रसाद श्रेष्ठ, सूर्य चापागाई, प्रविण गुरुङ, चेत नारायण श्रेष्ठ, टंक तिवारी, अण बहादुर गोदार, दिपेन्द्र श्रेष्ठ, पदम गुरुङ, दीपक कुमार श्रेष्ठ चयन गरेको छ ।
भेलाका प्रमुख अतिथि एवं प्रदेश नम्बर ४ का सांसद भागवत प्रकाश मल्लले सम्बोधन गर्दै यातायात व्यवसायीहरुको एक्येबद्धताले व्यवसायलाई सुदृढीकरण बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा पूर्व सांसद राजु थापा, संघका केन्द्रीय महासचिव केदार पौडेल, नेपाली कांग्रेस स्याङ्जा सचिव कुमार राना, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश ४ का संयोजक भानुभक्त बराल, स्याङ्जा उद्योग वाणिज्य संघ, तरुणदल जिल्ला समिति स्याङ्जाका सहसचिव रविन केसी, वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँडको सहभागिता रहेको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.