www.tandavnews.com
Fact ~ In search of truth

मिस नेवा बनिन् प्रिति बुद्धाचार्य

footware

पोखरा ।

नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा पोखरा ११३८ को ताज प्रिती बुद्धाचार्यले पहिरिएकी छन् । २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले ४० हजार सहित बिभिन्न गिफ्ट ह्यामपर समेत पाइन् ।

ग्रान्ड फिनालेमा प्रितीले बेस्ट ट्यालेन्ट र बेस्ट नेवारी भाषाको समेत टाइटल हात पारिन् । मिस नेवा प्रितीले नेवारी भाषा, संस्कृति र मौलिकता जगाउने अग्रसर हुने प्रतिवद्धता गरिन् । ताज जितेको खुसी साट्दै उनले त्यसको श्रेय आफ्ना बुवाआमालाई दिइन् ।

Batas

फस्ट रनरअप प्रियंका श्रेष्ठ र सेकेन्ड रनरअप जेनिफर श्रेष्ठ बने । प्रियङ्काले २५ हजार र जेनिफरले १५ हजारसहित बिभिन्न उपहारहरु प्राप्त गरेका छन् । प्रतियोगितामा बेस्ट पर्सनालिटी रोजिना ताम्राकार, बेस्ट फ्रेन्डली सन्ध्या श्रेष्ठ, बेस्ट फोटोजेनिक सृष्टि श्रेष्ठ र सचिता ताम्राकारले जिते । उनीहरुलाई जनही ५ हजार रुपैयाँका साथमा विभिन्न उपहार पाए ।

कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले नेपाली सुन्दर र सुन्दरीहरु बस्ने देश भएको बताए । ‘अब नेपाल समृद्धिको दिशामा अघि बढेको छ’ उनले भने, ‘समृद्धिको यात्रामा मिस नेवाका प्रतिस्पर्धीले समेत योगदान गर्ने छन् भन्ने हाम्रो अपेक्षा छ ।’

नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले प्रतियोगितामा विजेता १ मात्र बन्ने भए पनि व्यक्तित्व विकास र यसबाट फाइदा सबैले लिन सक्ने बताए । उनले नेवारी युवतीहरुमा संस्कार, भाषा र आत्मविश्वास बढाउन प्रतियोगिता सहायक सिद्ध भएको उनको भनाइ थियो ।

मिस नेवाका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले मिस नेवाबाट नेवारी महिला सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरे । प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।

प्रतियोगिताका निर्णायकहरुमा डा. इन्द्र महर्जन, ध्रुव श्रेष्ठ, पोमनारायण श्रेष्ठ, रत्नकाजी महर्जन, रञ्जिता कर्माचार्य, कल्याणी श्रेष्ठ र सम्शेरबहादुर नुछे प्रधान थिए ।

फाइनल कार्यक्रम सञ्चालन प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठ, सारा बजिमय र सेलिका श्रेष्ठले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.