www.tandavnews.com
Fact ~ In search of truth

दुई जिल्ला जोड्ने कालीगण्डकी नदीमाथिको पुल जीर्ण

फलेवास, पर्वत (रासस)

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा यहाँका बासिन्दा जोखिम मोलेर नदी तर्न बाध्य भएका छन् ।

फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा जोड्ने कालीगण्डकी नदीमाथिको काठेपुल दुई दशक पहिले निर्माण भएकामा मर्मत हुन सकेको छैन । कालीगण्डकी तर्न बनाइएको पुल जीर्ण बन्दै गएपछि स्थानीयवासी जोखिम मोलेरै भए पनि वारपार गर्न बाध्य भएको स्थानीयवासी कृष्णप्रसाद गौडेलले बताउनुभयो । पटक पटक पुल मर्मतका लागि जिल्ला समन्वय समितिलगायत विभिन्न निकायमा माग गर्दा पनि मर्मतका लागि पहल नभएको उहाँले बताउनुभयो ।

Batas

पुल मर्मत नहुँदा बागलुङका कुश्मीशेरा, बलेवा र बिनामारे तथा पर्वतको फलेवास क्षेत्रका बासिन्दालाई नदी तर्न समस्या परेको छ । कतिपयले जोखिम मोलेरै उक्त पुलबाटै वारपार गर्ने गरेका छन् भने कतिपय त्रासका कारण दुई घण्टा पैदल हिँडेर कुश्मा–कैंयाको अग्लो पुलमार्फत नदी तर्न बाध्य भएका छन् ।

“काठको पुल कुनै न कुनै बेला दुर्घटना हुने निश्चित छ”, उहाँले भन्नुभयो । “उक्त पुल जोडले हल्लिने गरेको छ भने धेरै भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ ।” दुई जिल्लाका दुई नगरपालिका जोड्ने उक्त पुल मर्मत तथा पुनःनिमाणका लागि दुवै नगरपालिकाले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ रहेको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पुलको अध्ययन अवलोकन गरेर दुई नगरपालिकाबीचको समन्वयमा मर्मत गरिने बताउनुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.