www.tandavnews.com
Fact ~ In search of truth

तेस्रो पोखरा स्पोर्ट्स जेठ १८ मा

पोखरा ।

नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले आगामी जेठ १८ गते पोखरा स्पोर्ट्स् अवार्ड गर्ने भएको छ । कास्की क्षेत्रको समग्र खेलकुदको विकास तथा विस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने ध्येयले मञ्चले अवार्ड आयोजना गर्दै आएको छ । यो मञ्चको तेस्रो संस्करण हो ।

मञ्चको आइतबार बसेको २० औं बैठकले ठीक दुई महिना पछि जेठ १८ गते, शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष केशव पाठकले जानकारी दिए । उनले खेल क्षेत्रमा जिवन अर्पण गरेकालाई सम्मान र खेलमा नै लाग्ने प्रण गरेकालाई प्रोत्साहन स्वरुप कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

Batas

मञ्चका सचिव रञ्जन अधिकारीका अनुसार यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ । यसअघि, अग्रज खेलाडीहरु कृष्ण थापा र खड्कबहादुर रानाभाट सम्मानित भईसकेका छन् । उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिनेछ । यस वर्ष पपुलर प्लेयर अवार्ड समेत थपिनेछ ।

मञ्चले चाँडै नै सम्मानित व्यक्ति चयनका लागि छनौट समिति, अवार्ड आयोजनार्थ जिम्मेवारी बाँडफाडका लागि विभिन्न समिति गठन गर्ने भएको छ ।

अवार्डको निरन्तरतासँगै प्रायोजन तथा सहयोगी हात बढेको उल्लेख गर्दै अध्यक्ष पाठकले सहकार्यका लागि मञ्च आतुर रहेको उल्लेख गरे । राजधानी बाहिर कास्कीमा यति ठूलो अवार्ड हुने भएकाले मञ्च कास्कीले सहयोगका लागि खेलप्रेमी महानुभाव तथा संघसंस्थालाई अपिल गरेको हो । अवार्ड आयोजनाका लागि विदेशमा रहेका खेलप्रेमीहरुले सहयोग रकम घोषणा गर्ने क्रम सुरु भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.