माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।
लाइनमा टन्न मान्छेहरु थिए । हातमा कागजात लिएर केही उभिएका थिए त केही ढुङ्गामा बसेका थिए । ‘दुई दिन भयो यार कामनै भएको छैन’ लाइनमा बसेका एक युवाले फोनमा सबैलाई भन्दै थिए । ‘टेन्सन बनायो यार, बरु पहिला हातले नै लेख्दा छिटो हुन्थ्यो’ फोन राखेर आफु अघि लाइनमा बसेकालाई सुनाए ।
शुक्रबार उनी जस्तै धेरै जना यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, गण्डकीको कोठा नम्बर ३ को लाइनमा थिए । सिस्टम विग्रेको भन्दै काम बन्द भएपनि सेवाग्राही काम हुने आशामा बसेका थिए । विहीबार पनि त्यसरीनै सिस्टमले काम नगरेको भन्दै फर्किएका सेवाग्रही दोस्रो दिन भने पक्का काम हुने भनेपछि विहान ७ बजेनै आएर लाइनमा बसेका हुन् ।

सेवाग्राहीले वेला वेलामा यसरीनै दुख पाउने गरेको लेखनाथका रमेश ओझाले बताए । ‘जती गुनासो गरेपनि काम राम्रोसँग हुदैन यहाँ ,’ उनले भने, ‘सेवाग्राहीले चाहे अनुसार काम हुनु पर्ने हो तर के गर्ने उल्टो हामीलाई झुलाएर राखिदिन्छन् ।’
नयाँ प्रविधि र स्मार्ट लाइसेन्सको कुरा गरि रहदा सेवाग्राहिले भने दुख पाउनु परेको ओझाले सुनाए । ‘दुई दिन भयो धाएको,’ उनले भने, ‘सिस्टम चलेको छैन भनेर काम ढिलो गरेको छ ।’ शुक्रबार लाइनमा बसेका ओझाले कार्यलयबाट सुचना पनि राम्रोसँग दिन नसक्दा दुख पाउनु परेको बताए । ‘हिजो आउदा पनि सिस्टममा समस्या छ भनेर फर्काए,’ उनले भने, ‘आज पनि विहान ७ बजेबाट लाइनमा बसेको १२ बज्दा समेत न काम सुरु भएको छ न त कहिलेबाट सुरु हुन्छ भनेर पनि भित्रको कर्मचरीले भनेका छैनन् ।’
काम र कर्मचरीको व्यवहार एउटै रहेको विरौटाकी राधिका बस्नेतले बताइन् । ‘के भएर हो काम नभएको भनी राम्रोसँग सोध्दा उल्टो भित्रबाट खाली गर्छन्,’ उनले भने, ‘यातायात कार्यलयमा काम मात्र होइन कर्मचरीलाई कसरी बोल्ने भन्ने कुराको तालिम पनि दिन आवश्यक छ ।’
लाइसेन्स नविकरण गर्न जादा निकै दुख भोग्नु परेको बस्नेतले सुनाइन् । ‘यो भएन मात्र भन्छन अनि एउटा कोठाबाट अर्को कोठा पठाउछन्,’ उनले भने, ‘जसले पहिला हेरेको उसैले भनिदिएनी सच्चाएर लेखिन्थ्यो तर त्यहाँ सबै कर्मचारी हाकिम हुन खोज्दा सेवाग्राहिले एकदमै दुख्न भाग्नु परेको छ ।’
कार्यालयले यदि सेवा दिन सक्दैन भने कम्तीमा जानकारी गराउनु पर्ने अंमरसिहका अशोक थापाले बताए । ‘जस्तो कि दुई दिनसम्म सिस्टमले काम गरेको छैन भने विहिर सूचना टाँस्दिए हुन्छ नी, वेकार सबैलाई लाइन्ममा राखेर दुख दिने काम गर्न हुन्छ ।’ नयाँ प्रविधि नामको लागि मात्र रहेको उनले सुनाए । ‘नयाँ प्रविधि भन्ने मात्र रहेछ,बरु पहिला हातले खेल्दा छिटो हुन्थ्यो,’ उनले भने, ‘अलिहे सिस्टम विग्रियो भनेर बाहान गरि कामनै गर्न छाडे ।’
यातायात कार्यालय पोखरा प्रमुख तेजनारायण यादवले केन्द्रबाटै सर्भरमा समस्या आएको बताए । ‘विहीबार परेको चट्याङले केन्द्रको सर्भर बिगारेको हो । हामी बनाउन लागि परेका छौं । काम पुरै रोकिएको भने छैन । सुस्त भइरहेको छ’ उनले भने ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.