
लेखनाथ
ताण्डव न्यूज ।
नव वर्ष २०७५ को अवसरमा बेगनासतालको ड्यामसाइडमा चौथो बगेनास फिस फेष्टिभलको आयोजना हुने भएको छ ।
होटल तथा रेष्टुरेण्ट एशोसियशन लेखनाथको आयोजनामा चैत्र २९ गते देखि वैशाख १ गतेसम्म फेष्टिभल आयोजना हुने भएको हो ।

बेगनासमा शुक्रबार आयोजित पत्रकार सम्मलेनमा कार्यक्रमको बारेमा जानकारी दिँदै कार्यक्रमका प्रचारप्रसार संयोजक दामोदरभक्त थापाले पर्यटकीय क्षत्रेको रुपमा बेगनासलाई थप विस्तार गर्नकालागि कार्यक्रमले मुख्य भुमिका खेल्ने बताए ।
महोत्सवको अवसरमा होटल तथा रेष्टुरेण्टकाे बील र डुङ्गा सयरमा १० प्रतिशत छुट दिइने आयोजक समितिले जानकारी दिएको छ ।
कार्यक्रमलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न संघसंस्था, युवा क्लवहरुले सहयोग गर्ने भएको छ ।
बेगनास डुङ्गा व्यवसायी समिति, बेगनासताल बस संचालक समिति, बेगनासताल बजार व्यवस्थापन समितिको सहआयोजना रहेको छ ।
टुवोर्ग वियरले कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ । त्यस्तै सहप्रायोजनामा हिमश्री फुड्स प्रालि, रसलान भुड्का, भुर्तेल काष्ठ उद्योग, भुर्तेल अर्गानिक एग्रो फार्म रहेका छन् ।
महोत्सवका स्टलहरुमा माछा पाल्ने किसानहरुको लागि माछा रोग शिविर तथा पानी जाँच्ने सुविधा, माछा, मह तथा कफी प्रदर्शनी तथा विक्री, हेलिकप्टरबाट सात ताल तथा आसपासका पर्यटकीय स्थलहरुको अवलोकन, जडीवुटी प्रर्दशनी तथा विक्री, पप कन्सर्ट, हाँस्य व्यंग, लोकदोहोरी साथै स्थानिय सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने भएको हो ।
महोत्सवलाई थप रोचक र दर्शनीय बनाउने हेतुले महिला तथा पुरुष खुला डुङ्गा दौड प्रतियोगिता समेत आयोजना गरिने आयोजक समितिले जनाएको छ ।
खुला पौडी प्रतियोगिता, एंगलिङ माछा मार्ने प्रतियोगिता र स्थानीय माछा संरक्षण कार्यक्रम अन्र्गत तालमा माछाका भुराहरु छाड्ने कार्यक्रम समेत रहेको जानकारी दिइएको छ ।
कार्यक्रमलाई विशेष सहयोगीको रुपमा वेगनास युवा क्लव, वेगनासताल महिला समूह, पोखरा लेखनाथ महानगरपालिका कृषि विभाग, मत्स्य अनुसन्धान केन्द्र बेगनास, वेगनास मत्स्य व्यवसायी समिति, पिप्ले महिला समूह, सिड फाउण्डेशन कास्की, कोकाकोला, स्थानिय श्रृगा यातायात व्यवसायी समिति, वडा सेवा कार्यालय वडा ३१, ड्याम साइड युवा क्लव, आइएमइ इन्स्योरेन्स कम्पनी लि, गुड लक रिर्सोट प्रालि, अम्वे स्टिल, एनआइसी बैंक, ओम विकास बैंक, एडुकेशन स्टडी लिंक, एमएमएस सर्भिस एण्ड मल्टी ट्रेडिङ प्रालि, टोल विकास संस्था ३१, वेगनासताल तमु समाज, वेगनासताल लामास्वारा तमु सामाजले सहयोग गर्ने भएको हो ।
महोत्सवको प्रबद्र्धकको रुपमा पोखरा लेखनाथ महानगरपालिका कार्यालय, लेखनाथ उद्योग वाणिज्य संघ, सांग्रिला भिलेज रिसोर्ट पोखरा र नेपाल पर्यटन वोर्ड रहेका छन् ।
फिसियल मिडियकाको रुपमा नेश्नल एफ एम, गण्डकी टेलिभिजन र समाधान राष्ट्रिय दैनिकले भूमिका निर्वाह गर्ने भएको छ ।
अनलाईन पार्टनरको रुपमा सिटीअफ सेभेन लेक डटकम र पोखरा इन्टरनेटले गर्ने छ भने अफिसियल पानीको रुपमा सेभेन लेक्स ड्रिङिकङ वाटरले सहकार्य गर्ने भएको हो ।
महोत्वसमा करिव ७० हजार दर्शकले अवलोकलन गर्ने आंकलन गरिएको छ । जसबाट ४० लाख बराबरको आर्थिक कारोबर हुने आयोजक समितिले जनाएको छ ।
महोत्वसबाट बचत हुने रकम ताल संरक्षण र माछाका प्रजातीहरुको प्रबद्र्धनको लागि खर्च गरिने आयोजक संस्थाले जनाएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.