www.tandavnews.com
Fact ~ In search of truth

शनिबार बिहान पोखरामा सुनिनेछन् विनोदविक्रमका कविता

पोखरा ।

र्याण्डम रिडर्स सोसाइटी अफ नेपालले शनिबार कवि विनोदविक्रम केसीको एकल कविता बाचन आयोजना गर्ने भएको छ । सोसाइटीको मासिक नियमित शृंखलाअन्तर्गत चैतको अन्तिम शनिबार २४ गते उक्त कार्यक्रम हुन लागेको हो ।

पोखरा गैरापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार बिहान ७ः४५ बजे केसीको एकल कविता वाचन हुने र उनका कवितामाथि समीक्षक गुरुङ सुशान्तले टिप्पणी गर्ने कार्यक्रम संयोजक तथा सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । ‘हामीले विनोदविक्रम केसीलाई धेरैअघि नै पोखरामा निम्त्याउन चाहेका थियौं,’ पौडेलले भने, ‘यसपालि मौका मिल्यो । पहिलोपटक केसीको एकल कविता बाचनको मौका ¥यान्डमले आयोजना गर्न पाउँदा खुसी लागेको छ ।’

Batas

भोकको क्षेत्रफल कविता कृतिका सर्जक केसीको ‘नेपाल सानै छ देवकोटज्यू’ पछिल्लोपटक निकै लोकप्रिय भयो । तपाईं सिसीटिभीको निगरानीमा हुनुहुन्छ, डेन्जर जोन, आज सरको क्लास लिन्छ विद्यार्थी, अप्ठेरो मान्छे, जो विपत सेलिब्रेट गरिरहेछन् लगायत केसीका कविता उत्तिकै प्रसिद्ध छन् ।

समीक्षक राजकुमार बानिया विनोदविक्रम केसी कवितामाथि हावी भएका कवि भएको बताउँछन् । आख्यानको हाईहाई भइरहेका बेला कवितामै केसीले तहल्का मच्चाइरहेको उनको भनाइ छ ।

पत्रकार कृष्णज्वाला देवकोटाले विनोदविक्रम केसीको कृतिमा भूमिका लेख्दै मुटु हुने ठाउँमा क्यालकुलेटर मात्रै भएका प्रशासक, तस्कर र ठेकेदार पनि कवि भएको देशमा उनलाई कविमात्रै हुन तयार कविको संज्ञा दिएका छन् । ज्वाला लेख्छन्, ‘उनलाई प्रशासक, तस्कर र ठेकेदार केही हुनु छैन । विनोद पार्टीको तबेलाका कवि होइनन् ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.