www.tandavnews.com
Fact ~ In search of truth

सन्तोष सुवेदीको मोडल चन्दासँग दुई मिनेट आँखा जुधेपछि….

पोखरा
ईश्वर देवकोटा

गायक तथा पत्रकार सन्तोष सुवेदीको लोक दोहोरी गीत ‘बोल्नी मन छ अति’ को म्युजिक भिडियो सार्वजानिक भएको छ ।

गायक सुवेदी र पुर्णकला विसीको स्वरमा रहेको गीतमा कृष्ण सुवेदीको शब्द/लय सिर्जना रहेको छ ।

Batas

थ्रीस्टार मिडियाबाट बजार व्यवस्थापन भएको गीतको भिडियोमा समिर थोकरले निर्देशन गरेका छन् ।

भिडियोमा निर्देशक थोकर र नायिका चन्दा दाहालले फिचरिङ गरेका छन् ।

भेनस फिल्मस प्रालिले निर्माण गरेको भिडियोमा सागर गौतमको छायांकन,प्रकाश एसकेको सम्पादन रहेको छ ।

आजभन्दा झन्डै चार वर्ष पहिले रेकर्ड भएको गीतको अडियो निकै रुचाइएको थियो । गीतको म्युजिक भिडियो पनि दर्शक स्रोताले रुचाउने आशामा गायक सुवेदी छन् ।

सुवेदीका यसपछि ‘एक्लो छोरो म, हाई हाई हाई,’ गीत बजारमा आइसकेका छन् । छिट्टै नै पञ्चेबाजाको गीत आउने तयारी रहेको उनले सुनाए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतका सह–सचिव समेत रहेका सुवेदी पोखराको ताण्डव साप्ताहिकका कार्यकारी सम्पादक समेत हुन् ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.