पोखरा
ताण्डव न्यूज ।
कास्की प्रहरीले धाक धम्की दिई चन्दा असुली गर्ने आरोपमा टोले गुण्डा ललित गुरुङसहित अन्य दुई जनालाई पक्राउ गरेको छ ।
विगतमा पनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेका ललित सहित कास्की प्रहरीले अन्य दुई जनालाई पक्राउ गरि म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहले बताए ।

‘विगतमा पनि गुण्डागर्दीमा सक्रिय रहेका टोले गुण्डा ललितलाई हामीले प्रत्यक्ष निगरानीमा राखेका थियौ,’ उनले भने, ‘सुध्रिन्छ की भनेर हामीले सोचेका थियौ तर अहिले पनि विभिन्न व्यक्तिलाई धम्काउने गरेको पाएपछि पक्राउ गरेर कानुनी दायरामा ल्याएका हौ ।’
पोखरा–१२ बस्ने ३४ वर्षीय ललित, पोखरा–१२ शितलादेवी बस्ने २६ वर्षीय दिपेन्द्र परियार र पोखरा–५ बस्ने २५ वर्षीय संगम थापालाई कास्की प्रहरीले शनिबार पक्राउ गरेको हो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.