www.tandavnews.com
Fact ~ In search of truth

लागुऔषध चरेससहित २ जना पक्राउ

पोखरा,

लागुऔषध चरेससहित पोखरामा २ जना पक्राउ परेको छन् । लागुऔषध नियन्त्रण व्युरो पोखराले जिरो किमीबाट लागुऔषध चरेशसहित उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वागलुङ तारा गाउँपालिका १९ वर्षीय विष्णु कडेल र १८ वर्षीय कासुवास गौतम रहेका छन् । लागुऔषध नियन्त्रण व्युरो पोखराका प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको कमाण्डमा खटिएको प्रहरीले ३ केजी चरेश बरामद गरेको छ ।

Batas

यसअघि चैत २३ गते घारीपाटनबाट गाँजा र चरेशसहित पक्राउ परेका दुई जनासँग सोधपुछको आधारमा यिनिहरुलाई पक्रन सफल भएको प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङले बताए ।

बागलुङबाट पोखराका विभिन्न स्थानमा प्रतिवन्धित लागुऔषध चरेस ल्याइ बिक्रीवितरण गरेको सूचनाको आधारमा पक्राउ गरिएको गुरुङले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.